१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा बडूको प्रश्नः मध्यरातमा २ अर्बको ठेक्का किन दिइयो?

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय परिचयपत्र छपाईको ठेक्कामा अनियमिता भएको भन्दै सत्य तथ्य छानविन गरि सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहिबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।

सार्वजनिक खरिद ऐन र नियमावली विपरित विना प्रतिस्पर्धा परीक्षणमा लापरवाही र ढिलाई गरिएको भनिएको पुरानै फ्रान्सेली कम्पनीलाई नै मन्त्रीपरिषद्को निर्णय अनुसार राष्ट्रिय परिचयपत्र र पञ्जिकरण विभागले राती ११ बजे आफ्नै कार्यकक्षमा पौने २ अर्बको ठेक्का गरेको दाबी उनले गरे।

कानुन विपरित गरिएको यस सम्झौतामा निकै ठुलो रकमको चलखेल भएको आशंका गरिएको भन्दै उनले त्यसबारेको छानविन गरी सदनलाई यथार्थ जानकारी गराउन माग गरे। उनले भने “सार्वजनिक खरिद ऐन विपरित विना प्रतिष्पर्धा ठेक्का किन गरियो? सो दिनको मन्त्रीपरिषद् निर्णय सार्वजनिक गर्दा किन सो निर्णय गोप्य राखियो? संसदीय समितिमा छलफल नै स्थगित गरिएको अवस्थामा विधेयक किन र कसरी कार्यान्वयन गरिदै छ?”

उनले नागरिकताको प्रमाणपत्र विस्तापित गरि वितरण गर्ने भनिएको एकीकृत सुचना सहितको परिचय पत्रमा व्यक्तिका कयौ बैयक्तिक जानकारी पनि समावेश गरिने भएकाले त्यसको दुरुपयोग भएमा राष्ट्रिय सुरक्षामा समेत खतरा पर्न सक्ने भन्दै उहाँले त्यसबारेको तयारीबारे सांसदहरुले जिज्ञासा उठाईरहदा सरकारले विधेयकमाथिको छलफल रोकि धमाधम परिचयपत्र छपाई र वितरण गरेको आरोप लगाए उनले गृहमन्त्रालय मार्फत वितरण गरिएको राष्ट्रिय परिचय पत्रहरु त्रुटीपुर्ण भएको दाबी पनि गरे।

२०७५ साल पुस २० गते राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक २०७५ संसदमा दर्ता भएको थियो। राज्यव्यवस्था समितिमा माघ २० गते विधेयकमाथिको छलफल सुरु भएपनि केही दिनको छलफल पछि हाल सो विधेयकमाथिको छलफल स्थगित अवस्थामा रहेको छ।

प्रकाशित: २३ श्रावण २०७६ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App