१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पितालाई भेट्न जाँदा पक्राउ परिन् नवाज सरिफकी छोरी

कराँची- पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज सरिफ पक्राउ परेकी छन्। पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी उनलाई पाकिस्तानको जाँच एजेन्सी नेसनल एकाउन्टविलिटी ब्यूरो (एनएबी) ले हिरासतमा लिएको हो। मरियमलाई चौधरी सुगर मिल केसमा हिरासतमा लिइएको हो।

आफ्ना पीता नवाज सरिसफलाई कोट लखपत जेलमा भेट्न गएको बेला उनलाई पक्राउ गरिएको हो। मरियमलाई एक प्रश्नावली दिइएको थियो जुन चौधरी सुगर मिलसँग सम्वन्धित रहेको थियो। उनलाई एनएबी मुख्यालय लगिएको छ।

अनुसन्धान ब्यूरोमा हाँजिर नभएपछि उनलाई वारेन्ट जारी गरिएको थियो। यो भन्दा पहिला ३१ जुलाईको मरियमले एनएबीमा आफ्नो बयान रेकर्ड गराएकी थिइन्। यो बयान चौधरी सुगर मिलमा सन्दिग्ध व्यापारिक लेनदेनको विषयमा थियो। चौधरी सुगर मिलमा मरियमको सबैभन्दा धेरै सेयर छ।

 

प्रकाशित: २३ श्रावण २०७६ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App