१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

टंकले ल्याए ‘ए कान्छी रे’

काठमाडौं–गायक टंक बुढाथोकीको ‘ए कान्छी रे’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। टंक स्वयम्ले लेखेको यो रोमान्टिक गीतको भिडियो अष्ट्रेलियामा खिचिएको हो। ‘काली तिम्रो नजरैले’,‘घन्टी बज्यो’ बोलका हिट डान्सिङ नम्बर दिएका गायक बुढाथोकीले यो गीतलाई पनि फरक ढंगबाट गाएका छन्।

स्वरमा उनलाई गायिका टिका प्रसाईंले साथ दिएकी छिन्। ‘संगीत भनेको मान्छेको रमाउने बहाना हो,’ गायक बुढाथोकीले भने, ‘त्यसैले म सधैं दर्शकलाई नचाउने र मनोरञ्जन गराउने खालको गीत बनाउन रुचाउँछु, यो गीतमार्फत पनि त्यही प्रयास गरेको छुँ।’

टंक संगीतकार र म्युजिक एरेन्जर पनि हुन्। उनले गाउने गीतमा उनी आफै संगीत भर्छन्। ‘कान्छी रे’को संगीत पनि उनले नै गरेका हुन्। भन्छन्, ‘मलाई आफ्नै संगीतमा गाउँदा गीतलाई अझै न्याय गर्न सकिन्छ भन्ने लाग्छ ।’ उनले संगीत गरेको ‘तिमी बाटो फेरेउ अरे’ बोलको गीत दर्शकले निकै रुचाइरहेका छन्।

अष्ट्रेलियामा रहेर म्युजिक भिडियोको निर्देशनमा सक्रिय देखिएका जीवन रसाईलीले ‘कान्छी रे’को भिडियो तयार पारेका हुन्। गीतको छायांकन र सम्पादन पनि उनले नै गरेका हुन्। गीतको भिडियोमा आइटम डान्सर अर्चना डेलाल र मोडल दिपक परियारले अभिनय गरेका छन्। कोरियोग्राफर सुसन योञ्जनले गीतमा उनीहरुलाई नचाएका छन्। अर्चनाको हट अवतारसमेत भिडियोमा देख्न सकिन्छ।

 

प्रकाशित: २५ कार्तिक २०७३ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App