१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन महिनादेखि राउटे युवा बेपत्ता

हराएका राउटे युवा।

सुर्खेत– चार महिनादेखि हराइरहेका आफ्नो समयुदायका युवा जयबहादुर शाहीको खोजी गरिदिन राउटेले सरकारसँग माग गरेका छन्। ३७ वर्षीय शाही वैशाख २५ गतेदेखि हराएका हुन्। ‘हामीले धेरै ठाउँमा खोजी ग-यौं, फेला पार्न सकेनौं,’ राउटे समुदायका युवा प्रकाश शाहीले पत्रकार सम्मेलन गरेर भने, ‘अब सरकारले खोजी गरिदिनु प-यो।’

जंगलमा फिरन्ते जीवन बिताउने यो समुदाय अहिले दैलेखको गुराँस गाउँपालिकाको कान्छीबजार नजिकै बस्दै आएको छ। जयबहादुर सुर्खेतको गुर्भाकोटमा रहँदा हराएका थिए। जयबहादुरको घरमा ६५ वर्षका वृद्ध बुबा कान्छाराम शाही छन्।

जयबहादुरका दाइसमेत रहेका प्रकाशले जंगलमा सिकार खेलेर फर्कने क्रममा गुर्भाकोटको सेराघारीबाट हराएको बताए। ‘सिकार खेलेर फर्कदा गाउँमा विवाह थियो, त्यहाँ केहीबेर नाचगान ग-यौं, त्यहीँबाट जयबहादुर हरायो,’ प्रकाशले भने, ‘अहिलेसम्म फेला पार्न सकेका छैनौं।’

जयबहादुर हराएदेखि कान्छाराम छोरी सुनाको सहारामा छन्। ‘वृद्ध भएकाले कमाउन र खान उनलाई समस्या छ,’ उनले भने, ‘हाम्रो सदस्य हराउँदा सरकारले अहिलेसम्म ध्यान दिएन।’ जयबहादुर हराएपछि राउटे समुदायले गुराँस गाउँपालिकामा खोजीका लागि निवेदन दिएको छ। गाउँपालिकाले स्थानीय प्रशासन र प्रहरीलाई खोजी गरिदिन आग्रह गरेको धेरै भयो। ‘हामी बाध्य भएर यहाँ पत्रकार सम्मेलन गर्न आएका हौं,’ उनले भने, ‘सरकारले कि सास, कि लास खोजेर ल्याइदिनु प-यो।’

प्रकाशित: २३ श्रावण २०७६ ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App