१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दीपिकाले ‘मिटु’ आरोपितसँग काम नगर्ने

मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोणले यौन दुव्र्यवहारको आरोपितसँग काम नगर्ने भएकी छिन् । भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले यौन दुव्र्यवहारको आरोपितसँग काम नगर्ने बताएकी हुन् । हालै भोग इन्डिया नामक म्यागेजिनले सोधेको प्रश्न, ‘यौन दुव्र्यवहारको आरोप लागेकासँग काम गर्दै हुनुहुन्छ ?’, को जवाफ दिँदै उनले भनिन्,‘ होइन् । म गर्दिन् ।’ उनको यो जवाफले फ्यानहरू खुसी भएका छन् ।

केही दिनअघि उनीविरुद्धको ‘नटमाईदीपिका’ ह्यासट्याग टेन्डिङमा परेको थियो । बलिउड अभिनेता रणवीर कपुरसँग निर्देशक लभ रञ्जनको घरमा देखिएकी अभिनेत्री पादुकोणविरुद्ध ‘नटमाईदीपिका’ ह्यासट्याग ट्वीटरको टेन्डिङमा परेको थियो ।

अभिनेत्री पादुकोण र अभिनेता रणवीर कपूरसँग निर्देशक लभ रञ्जनले भेट गरेका थिए । भेटपछि रञ्जनको फिल्ममा अभिनेत्री पादुकोणले काम गर्न लागेको खबर एकाएक बाहिर आएको थियो । निर्देशक रञ्जनसँग अभिनेत्री पादुकोणले काम गर्न लागेको चर्चा भएपछि ट्वीटरमा यसको विरोध भएको थियो ।  मिटु अभियानअन्तर्गत यौन दुव्र्यवहार गर्ने निर्देशकको फिल्ममा अभिनेत्री पादुकोणले काम गर्न लागेको भन्दै उनका फ्यानहरू दुखित थिए । उनका फ्यानहरूले यौन दुव्र्यवहार गर्ने निर्देशकको फिल्ममा काम गर्ने निर्णयबारे पुनःविचार गर्न आग्रह गरेका थिए ।

दुई कलाकारहरू ‘सोनी के टीटु की स्वीटी’ फिल्मका निर्देशकसँग नयाँ प्रोजेक्टको विषयमा कुराकानी गर्न उनको घर पुगेका थिए । गत वर्ष मिटु अभियानअन्तर्गत एक अभिनेत्रीलाई यौन दुव्र्यवहार गर्नेमा निर्देशक रञ्जनको नाम आएको थियो । सन् २०११ मा ‘प्यार का पञ्चनामा’ फिल्मको लुक्स टेस्टको दौरान एक अभिनेत्रीलाई बोलाएर यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो ।

 

प्रकाशित: २३ श्रावण २०७६ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App