१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बिआइबी बास्केटबल

काठमाडौं– बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा १० टिमको सहभागिता रहने आयोजक स्कुलका इसिए इन्चार्ज सुव्रत राजोपाध्यायले जनाएका छन्। ब्वाइजलाई ४ तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइनेछ।

प्रतियोगिताको मुख्य प्रायोजकमा मेगा बैंक र एनाटोलिया रेस्टुरेन्ट छन्। प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ। अगस्ट २२ तारिखसम्म चल्ने प्रतियोगिताका खेलहरू अत्तरखेलस्थित आयोजककै कोर्टमा खेलाइने छ। ब्वाइजमा डाफोडिल तथा गल्र्समा एचएचसिए डिफेन्डिङ च्याम्पियन हुन्।

 

प्रकाशित: २३ श्रावण २०७६ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App