१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जाजरकोटमा सिकारीको पासोले घाइते चितुवा मर्‍यो

जाजरकोट- सिकारीले थापेको पासेमा परी  घाइते भएको  चितुवाको मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका वडा नम्वर ९ झाप्रा खोलाको पुल छेउमा घाइते अवस्थामा भेटिएको  उक्त चितुवा बचाउन कोसिस गर्दा गर्दै मरेको  जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले बताए।

५ फिट ८ इन्च लामो र  २ फीट २ इन्च उचाइ तथा  ५० किलो तौल भएको  ६ वर्षको पोथी चितुवा घाइते अवस्थामा भेटिएपनि   बचाउन भने सकिएन। केहि दिन  अघि सिकारीको पासोमा परेर घाँटीमा  काटिएपछि घाइते भएको चितुवा सोमवार  उक्त स्थानमा भेटिएको प्रमुख जिल्ला अधिकारी वस्नेतले बताए। उनले  घाइते चितुवा सडकमा  पल्टिरहेको खवर पाएपछि सदरमुकाम खलंगावाट  प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीहरु सहितको टोली  त्यस तर्फ गएको  तर  बचाउन नसकिएको बताए। 

सिकारीले  छाला र अन्य अंगको लागि मार्ने प्रयास गरेको  हुन सक्ने आशंका गरिएको छ। जिल्ला सदरमुकाममा ल्याएर पोष्ट मार्टमपछि कसैले उक्त चितुवालाइ मार्ने प्रयास गरेको वुझिएकोले  यसको अनुसन्धान गरि दोषी पत्ता लगाउन सम्वन्धित निकायलाइ कडा निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

प्रकाशित: २२ श्रावण २०७६ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App