१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुषमा स्वराज : जर्ज फर्नान्डिजकी वकिलदेखि राजनीतिसम्मको कथा

नयाँ दिल्ली- कस्तो संयोग। एक महिना भन्दा कम समयमा दिल्लीले आफ्ना दुई पूर्वमुख्यमन्त्री गुमाएको छ। २० जुलाईमा दिल्लीमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेकी शीला दीक्षितको निधन भयो। त्यसको दुई हप्तापछि दिल्लीकी पहिलो महिला मुख्यमन्त्री सुषमा स्वराजले अन्तिम स्वास लिइन्। स्वराज पहिलो पटक नरेन्द्र मोदी प्रधानमन्त्री बन्दा भारतको विदेशमन्त्री बनेकी थिइन्।

१४ फ्रेव्रुअरी १०५२ मा हरियाणाको अंबालामा जन्मिएकी सुषमा स्वराजले आफ्नो राजनीतिक जीवनको सुरुवात १९७० को दशकमा अखिल भारतीय विद्यार्थी परिषदबाट गरेकी थिइन्। उनका पिता हरदेव शर्मा राष्ट्रिय स्वयं सेवक संघको प्रमुख सदस्य थिए।

जर्ज फर्नान्डिजलाई जुन १९७६ मा गिरफ्तार गरेर मुजफ्फरपुरको जेलमा राखिएको थियो। उनले त्यहीँबाट चुनाव लड्ने निर्णय लिएका थिए। १९७७ को लोकसभा चुनावमा जर्जले जेलबाट नै नोमिनेसन गरे। त्यसपछि सुषमा दिल्लीबाट मुजफ्फरपुर पुगिन् र पुरै क्षेत्रमा हथकडि लगाइएको जर्जको तस्बिर देखाउँदै चुनाव प्रचार सुरु भयो।

अम्बाला छावनका सनातन धर्म कलेजमा संस्कृत र राजनीति शास्त्रमा स्नातकको पढाइ पुरा गरेर उनले पंजाब विश्वविद्यालय, चंडिगढबाट कानुनमा डिग्री लिइन्।

कलेज अध्ययन गर्ने समय सुषमाले लगातार तीन वर्षसम्म एनसीसीको सर्वश्रेष्ठ क्याडेट र हरियाणा सरकारको भाषा विभागले आयोजना गर्ने राज्य स्तरीय प्रतियोगितामा लगायत तीन पटक सर्वश्रेष्ठ वक्ताको पुरस्कार जितिन्।

कानुनको पढाइ पुरा गरेपछि उनले १९७३ मा सुप्रीम कोर्टबाट वकालत प्राक्टिस सुरु गरिन्। जुलाई १९७५ मा उनको विवाह सुप्रिम कोर्टका सहकर्मी स्वराज कौशलका साथ भयो। उनका पति स्वराज कौशल पनि सुप्रिम कोर्टका वकिल हुन्। स्वराज कौशल उनै हुन् जो ३४ को उमेरमा देशको सबसे युवा महाधिवक्ता र ३७ वर्षको उमेरमा युवा राज्यपाल बनेका थिए। उनी १९९०-९३ को बीच मिजोरमको राज्यपाल बनेका थिए।

'जेलका दिवार टुट्नेछन्, जर्ज फर्नान्डिज छुट्नेछन्'

संकटकालको समय स्वराज कोशल बडौदा डायनामाइट केसमा कारबाही चलाइएका समाजवादी नेता जर्ज फर्नान्डिजका वकिल थिए। यही केसको सिलसिलामा सुषमा स्वराज फर्नान्डिजको डिफेन्स टीममा सहभागि भइन्।

जर्ज फर्नान्डिजलाई जुन १९७६ मा गिरफ्तार गरेर मुजफ्फरपुरको जेलमा राखिएको थियो। उनले त्यहीँबाट चुनाव लड्ने निर्णय लिएका थिए। १९७७ को लोकसभा चुनावमा जर्जले जेलबाट नै नोमिनेसन गरे।

त्यसपछि सुषमा दिल्लीबाट मुजफ्फरपुर पुगिन् र पुरै क्षेत्रमा हथकडि लगाइएको जर्जको तस्बिर देखाउँदै चुनाव प्रचार सुरु भयो।

त्यस समय उनले 'जेलका दिवार टुट्नेछन्, जर्ज फर्नान्डिज छुट्नेछन्' नारा दिएर मतदाताबीच पुगेकी थिइन्। जर्जले चुनाव जिते भने मुजफ्फरपुरका जनताले परिवर्तनको लहर पनि देखे।

सबैभन्दा युवा क्याविनेट मन्त्रीको रेकर्ड

संकटकालको समयमा सुषमाले जयप्रकाश नारायणको सम्पूर्ण क्रान्ति आन्दोलनमा सक्रियताका साथ भाग लिइन्। त्यसपछि उनी जनता पार्टीको सदस्य बनिन्।

त्यसपछि उनले १९७७ मा पहिलोपटक हरियाणा विधानसभाको चुनाव जितिन र २५ वर्षको उमेरमा चौधरी देवलाल सरकारमा श्रममन्त्री बनिन् त्यसको दुई वर्षपछि उनी जनता पार्टी हरियाणा राज्यको अध्यक्ष बनिन्।

८० को दशकमा भारतीय जनता पार्टीको गठन हुँदा सुषमा बीजेपीमा सामेल भइन्। उनी अंवालाबाट दोस्रो पटक विधायक निर्वाचित भइन्। बीजेपी- लोकदल सरकारमा उनी शिक्षामन्त्री बनिन्।

लोकसभा बहसको प्रत्यक्ष प्रशारण

१९९० मा सुषमा राज्य सभाकी सदस्य बनिन्। ६ वर्षको कार्यकाल पुरा गरेपछि १९९६ मा दक्षिण दिल्लीबाट लोकसभाको निर्वाचन जितिन् र अटल बिहारी वाजपेयीको १३ दिने सरकारमा सूचना तथा प्रशारणमन्त्री बनिन्।

त्यो समय उनले लोकसभामा हुने बहसलाई प्रत्यक्ष प्रशारण गर्ने घोषणा गरिन्। १९९८ मा सुषमा दोस्रो पटक दक्षिण दिल्लीबाट लोकसभामा निर्वाचित भइन्। यो पटक उनले सूचना प्रशारण मन्त्रालयका साथ दूरसंचार मन्त्रालय पनि सम्हालिन्।

उनको यो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भारतीय फिल्मको एक उद्योगको रुपमा घोषणा गर्नु थियो। यो निर्णयपछि भारतीय फिल्म उद्योगले बैंकबाट लोन लिन सक्ने भए।

 

प्रकाशित: २२ श्रावण २०७६ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App