१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ठूलो थांका नेपालमा

काठमाडौं- गौतम बुद्धको जीवन चरित्र झल्काउने ठूलो थांका नेपालमा भित्रीएको छ। आउँदो शुक्रबार र शनिबार राजधानी स्थित दशरथ रंगशालामा प्रदर्शनीका लागि थांका नेपाल भित्रिएको हो। नेपाली कलाकार सूर्य बहादुर थकाली र जापानी कलाकार यासुतादा कातागिरीले संयुक्त रुपमा सो थांका निर्माण गरेका हुन्।

नेपाल वौद्ध महासंघ र एम२१ नेटवर्क जापानको संयुक्त आयोजनामा दशरथ रंगशालामा कार्तिक २६ र २७ गते ,पोखरामा मंसिर ४ र ५ गते तथा बुद्ध जन्मस्थल लुम्बिीमा मंसिर १९ र २० गते सो थांकाको प्रर्दशनी गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

थकालीको परिकल्पनामा बुद्ध र उनको शान्तिको सन्देश विश्वभर फैलाउने उदेश्य सहित थांका निर्माण पछि यसको प्रदर्शन थालिएको कलाकार थकालीले बताए। ‘विश्वको ठूलो थांका हो ,'थकालीले भने ,‘यो नितान्त नेपालको आफ्नो सम्पती हो तर यहाँ भित्र्याउन सरकारी निकायले कुनै सहयोग गर्दैन्।'

 नेपालको सम्पती भएकाले नेपालमै राख्ने योजना रहेपनि सरकारी निकायको वेवास्ताका कारण अन्यौलमा परेको उनले गुनासो गरे। थांकामा बुद्ध नेपालमै जन्मेको चित्रण गरेर उनको सन्देश विश्वभर पुर्याउने कोशिश गरिरहेको उनले सुनाए। थांका प्रदर्शनी र संरक्षणको जिम्मा लिएको बौद्ध धर्म संरक्षण समितीका अध्यक्ष प्रदिप श्रेष्ठले सन १९९४ देखि सन २००२ सालसम्मको लामो प्रयासपछि थांकाको निर्माण भएको जानकारी दिए। थांका निर्माणका लागि जापान सरकारले विशेष किसिमको कपडा सहयोग गरेको छ उनले भने जसको आयु झण्डै पाँचसय वर्षको रहेको छ। थांका ८१ टुक्रा रंगिचंगी कपडाबाट निर्माण गरिएको छ। झण्डै २ टन तौल थांकाको छ। सत्तरी मिटर लम्बाई र ५० मिटर चौडाइको ठूलो थांका  विश्वकै सबैभन्दा ठूलो रहेको आयोजकले दाबी गरेको छ। सो थांका निर्माण गर्न नेपाल,जापान,अमेरिका,कम्बोडिया,दक्षिण कोरिया लगायतका देशका दश हजार स्वंसेवीहरुले सहयोग गरेको श्रेष्ठले जनाए। थांका त्रिभुवन विमानस्थलबाट नेपाल भित्र्याउनमात्र ६ लाख धितोरकम माग गरिएकाले समस्या परेको श्रेष्ठले बताए। जापानी नागरिक यासुतादाकातागिरीले बुद्धको जन्मस्थल लुम्बिनीमा थांका देखाउन पाउँदा धेरै प्रोत्साहित भएको उल्लेख गरे। बुद्धको सन्देश चित्रित थांका संसारका अरु देशमा देखाउने कार्य निरन्तर होस भन्ने चाहना आफ्नो रहेको उनले बताए।

थांका बिहीबार र्याली सहित त्रिभुवन विमानस्थलबाट स्वयम्भु पुर्याइदैछ। शुक्रबार परराष्ट्रमन्त्री प्रकाशशरण महतले थांका प्रदर्शनीको उदघाटन् गर्दैछन्। यसअघि नेपालमा सन २०१२ मा प्रदर्शन गरेपछि जापन,मंगोलिया,भारत र अमेरिकामा समेत प्रदर्शन भैसकेको छ। नेपालै जग्गा उपलब्ध भए खुला रुपमा दर्शनका लागि राखिने मनसाय रहेको बौद्ध महासंघले जनाएको छ। रंगशालामा दुईदिन चल्ने प्रदर्शनी निशुल्क रहेको अयोजकले जानकारी दिएको छ।

प्रकाशित: २५ कार्तिक २०७३ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App