१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हुलाकी सडक मर्मत गर्न मन्त्री महासेठको निर्देशन

रौतहट - बाढीले ध्वस्त हुलाकी सडकको संरचना तत्काल मरम्मत गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सोमबार निर्देशन दिएका छन्।  गत असार २७ र २८ गते बाग्मती र लालबकैया नदीमा आएको बाढीले हुलाकी राजमार्गका विभिन्न ठाउँमा क्षतिग्रस्त भई यातायात अवरुद्ध रहेका स्थानको स्थलगत निरीक्षण गर्दै मन्त्री महासेठले अवरुद्ध सडक सञ्चालन गर्न निर्देशन दिएका हुन्।

मन्त्री महासेठसँगै यातायात मन्त्रालय सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, हुलाकी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक अशोक तिवारी, पुल महाशाखाका उपमहानिर्देशक दीपक भट्टराईसहितको टोलीले सोमबार रौतहटको परोहा नगरपालिकाको पोखरिया दमारदेखि दुर्गा भगवती गाउँपालिका, बडहर्वासम्म अवलोकन निरीक्षण गरेको थियो।

मन्त्री महासेठले बाढीले हुलाकी सडकका संचरना बगाएका स्थानमा अविलम्ब मर्मत गरी बाटो सञ्चालनमा ल्याउन सडक विभाग र हुलाकी सडक आयोजना प्रमुखलाई निर्देशन दिँदै करिब तीन सातादेखि अवरुद्ध बनेका सडकबाट हजारौं यात्रु प्रभावित भएकाले बिनाढिलासुस्ती मर्मतमा जुट्नुपर्ने बताएका छन्।  उनले बाढीबाट हुलाकी सडकलाई जोगाउन के गर्नुपर्छ, त्यसका लागि वर्तमान सरकार दीर्घकालीन योजनाहरू सञ्चालनमा ल्याउन पछि नपर्ने पनि स्पष्ट पारेका छन्।

लालबकैया, बाग्मती र झाझ खोलामा आएको बाढीबाट ध्वस्त हुलाकी सडकको संरचनाका कारण सयौं घरपरिवार विस्थापित भाहरण हालैको बाढीले देखाएकाले ती नदीको तटबन्धको उचाइ र चौडाइ बढाउनुपर्ने, झाझ नदीको दुईतर्फ तटबन्ध बनाउन र फतुवा पुलदेखि पश्चिमी तट भएर पुलसम्म बैंक प्रोटेक्सन अनिवार्य रूपमा बनाउन परोहा नगरपालिकाका मेयर शेख वकिल र दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहले मन्त्री महासेढलाई छुट्टाछुट्टै रूपमा ज्ञापनपत्र पनि बुझाएका छन्।

प्रकाशित: २२ श्रावण २०७६ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App