१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गणेशमान अनुकरणीय नेता : राष्ट्रपति

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०२औं जन्मजयन्ती बुधबार देशभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा कांग्रेसका साथै सिंहसँग नाम जोडिएका विभिन्न संघसंस्थाले नेपालमा प्रजातन्त्र स्थापना र पुनर्स्थापनामा उनको योगदानको चर्चा गरे।

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राजकीय पद र प्रतिष्ठा अस्वीकार गरेर लोकतन्त्रको स्थापना र सुदृढीकरणमा लाग्ने सिंह अनुकरणीय नेता भएको बताइन्। '२०४६ को जनआन्दोलनदेखि राजनीतिक सहकार्यको व्यावहारिक थालनी गर्न उहाँको अग्रसरता अतुलनीय छ,' उनले भनिन्। राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन गर्दै लोकतन्त्र र राष्ट्रियताको जगमा सामाजिक–आर्थिक विकास अभियानमा जुट्न सबैलाई आग्रह गरिन्। सो कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई जनआन्दोलन स्वर्ण पदक प्रदान गरियो। 

त्यस्तै, नेता प्रकाशमान सिंहसहितका नेताहरूले शोभाभगवती पुगरे सिंहको सालिकमा माल्यार्पण गरेका थिए। साँझ नेपाल विद्यार्थी संघ काठमाडौंले शान्तिवाटिकामा दीप प्रज्वलन गरेको थियो। यस अवसरमा ज्ञानेश्वरमा सिंहको अर्धकदको सालिक अनावरण गरिएको छ। उपत्यका बाहिर पनि विभिन्न कार्यक्रम गरी सिंहको स्मरण गरिएको छ।

प्रकाशित: २५ कार्तिक २०७३ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App