१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

एम्माले सुरु गरिन् परामर्श लाइन

न्युयोर्क  – अभिनेत्री एम्मा वाटसनले कार्यक्षेत्रमा हुने यौन उत्पीडनलाई निरुत्साहित गर्न कानुनी परामर्श लाइन सुरु गरेकी छिन्। ‘टाइम्स अप युके’ अभियानले कार्यक्षेत्रमा काम गर्ने महिलाहरूलाई प्रोत्साहित गर्न त्यसभित्र हुने हिंसाविरुद्ध निशुल्क परामर्श सुरु गरेको हो।

अभिनेत्री वाटसनले भनेकी छिन्, ‘कार्यक्षेत्रभित्र हुने हिंसाका विषयमा मानिसहरू सचेत हुन थालेको महसुस भएको छ। कार्यक्षेत्रमा हुने यौन उत्पीडनको समस्या कत्ति मात्रमा छ भन्नेबारे बुझ्नु ठूलो कुरा हो।’

अभिनेत्री वाटसनले कार्यक्षेत्रमा यौन उत्पीडन भोग्ने महिलाहरूको लागि सुरु भएको कानुनी परामर्श लाइनले उनीहरूलाई आफ्नो अधिकारका बारे सचेत गराउनेछ। ‘ह्यारी पोटर’की अभिनेत्री तथा ‘टाइम्स अप युके’ अभियानकी अभियानकर्ताका अनुसार कार्यक्षेत्रमा काम गर्ने महिलाहरूले यौन उत्पीडन भोग्छन् भनेर मानिसहरू सचेत हुन थालेका छन्।

‘कार्यक्षेत्रमा काम गर्ने महिलाहरू यौन उत्पीडन भोग्छन् भनेर मानिसहरूले महसुस गर्न थालेका छन्। अन्तर्राष्ट्रिय श्रम संगठनले मापदन्ड तोकेर कार्यक्षेत्रमा हुने दुव्र्यवहारलाई निरुत्साहित गर्ने सन्धि तयार गरेर यौन उत्पीडनका विषयमा जवाफदेही र रोकथाममा काम गर्नेमा भन्नेमा आशावादी छौं,’ उनले भनिन्।

प्रकाशित: २१ श्रावण २०७६ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App