१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल युवा उद्योग सम्मेलन हुने

काठमाडौं – साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस २०१९ को अवसरमा नेपाल युवा उद्योग सम्मेलन हुने भएको छ। कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले यो सम्मेलनबाट युवामा नयाँ ऊर्जा थपिने बताए।

स्वदेशमै रोजगारीको वातावरण बनाउन तीनै तहका सरकार लागिपरेको भन्दै उनले आर्थिक उपार्जन, रोजगारी र उद्यमशीलतामा जोड दिन सरकारको ध्यानाकर्षण भएको बताए।

मुलुकमा सम्भावना र स्रोत कमी नरहेको भन्दै त्यसको प्रवद्र्धनमा युवा अग्रसरता बढाउनुपर्ने उनले बताए। उनको भनाई रहेको छ। सम्मेलनले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने वातावरण बनाउने तथा सरकारको युवा नीतिलाई पनि सहयोग पुग्ने अपेक्षा उनको छ।

७३ देखि ८३ सालसम्मलाई सरकारले युवा परिचालन वर्षको रुपमा घोषणा गरिसकेकाले बढ्दो युवा बेरोजगारी कम गर्न सम्मेलन कोशेढुंगा हुने उनको दाबी छ। कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले उद्यमशीलता र युवा शिक्षालाई जोड दिन सम्मेलन आयोजना गरेको बताए।

सरकारले लागू गरेकोे युवा परिचालन वर्षलाई सहयोग पु-याउँदै सरकार, बैंक, प्रदेश सरकार, निजी क्षेत्र र विभिन्न संस्थाको सहकार्यमा सम्मेलन हुन लागेको उनको भनाइ छ। देशमा उद्यमका क्षेत्र विस्तार र उद्योगमा नयाँ मार्गको खोजी गराउन सम्मेलनमा पाँच सय युवालाई सहभागी गराउने उनले जानकारी गराए।

युवा तथा खेलकुद् मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को आयोजनामा सञ्चालन हुने उक्त सम्मेलनमा प्रदेश नम्बर ३ का युवाको सहभागितामा विशेष जोड दिइएको छ। सम्मेलनले ‘शिक्षामा रुपान्तरण, उत्पादनशीलता र नवप्रवर्तन’ नारा सहित गुणस्तरीय र व्यावसायिक शिक्षाको माध्ययमबाट शिक्षामा रुपान्तरण गर्ने र सोको प्रतिफल स्वरुप युवामा उद्यमशीलताको विकास, स्वरोजगार र नवप्रवर्तनमा टेवा पु-याउने अपेक्षा छ।

प्रकाशित: २१ श्रावण २०७६ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App