१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रक्तचन्दनको ९० लिटर तेलसहित दुई पक्राउ

काठमाडौं – प्रहरीले साईटिस महासन्धीमा सूचिकृत रक्तचन्दनको भारी परिमाणकाे तेलसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त किर्तिपुरको टोलीले ९० लिटर रक्तचन्दनको तेलसहित खोटाङका चन्द्रकुमार केसी र काभ्रेका फडिन्द्र भट्टराईलाई पक्रेको हो ।

वृत्तका डिएसपी डा. मेखबहादुर खत्रीका अनुसार कीर्तिपुरमा रक्तचन्दनको तेलको अवैध कारोबार भै रहेको सूचनाका अधारमा दुबैजना तेल सहित पक्राउ परेका हुन्। उनका अनुसार ग्यालेनमा राखिएको ९० लिटर तेल प्रतिलिटर एकलाख रुपैयाँमा खरिद बिक्री हुने सुचना प्रहरीले पाएको थियो।

भारतको कर्नाटकबाट नेपाल हुदै रक्तचन्दनको काठ, रक्तचन्दनले बनेका सामाग्री र पछिल्लो केही वर्षयता रक्तचन्दनको तेल चिनतर्फ अवैध तस्करी हुदै आएको छ। पछिल्लो समय रक्तचन्दन तस्करीको मुख्य रुट तातोपानी नाकामा आएको अवरोधसँगै यसको तस्करी  र तस्कर प्रहरीले पक्राउ गरेको थिएन।

‘कहाँ, कसका लागि कहाँबाट ल्याएको हो, यस बिषयमा अनुसन्धान भै रहेको छ, बरामद तेल र पक्राउ परेका ब्यक्तीलाई जिल्ला बन कार्यालयमा बुझाएका छौं, डिएसपी खत्रीले भने।

उनका अनुसार पक्राउ परेका व्यक्तिले प्रति लिटर ३० हजारका दरले बेच्न ल्याएको बताएपनि कसलाई र कहाँ खुलाएका छैन। प्रहरीले चारवटा ग्यालेनमा भरिएको अवस्थामा रक्तचन्दनको तेल बरामद गरेको थियो।

 

 

प्रकाशित: २४ कार्तिक २०७३ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App