१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुटिनद्वारा नयाँ हतियार वार्ताको प्रस्ताव

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट उत्पन्न हुन सक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गरेका छन् ।

शीतयुद्धकालीन समयमा अमेरिका र तत्कालीन सोभियत संघबीच मध्यम दूरीका आणविक हतियारबारे भएको शक्ति सम्झौताबाट वासिङ्ट र मस्को फिर्ता भएसँगै सम्झौता अन्त्य भएको परिप्रेक्षमा पुटिनको यस्तो प्रस्ताव आएको हो ।

‘नियम, सीमा र कानुन विहीन अवस्थाको अस्तव्यस्तताबाट जोगिनका लागि सम्भावित सबै परिणामलाई तौलिँदै निःसन्देह गम्भीर बन्नु र वार्ता सुरु गर्नुपर्ने आवश्यकता छ,’ पुटिनले एक विज्ञप्तिमार्फत अमेरिकासँग आग्रह गरेका छन् । विज्ञप्तिमा थप भनिएको छ, ‘हामी यसका लागि तयार छौं ।’

प्रकाशित: २१ श्रावण २०७६ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App