१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रुद्राक्षको दानामा लगाएको प्लाष्टिकको क्लीप प्रहरीले हटायो

भोजपुर– ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लीप प्रहरीले  हटाएको छ।  ठेकेदारले किसानबाट बगान खरिद गरि आफूखुसी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लीप हटाएको हो। क्लीप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लीप हटाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए। 

षडानन्द नगरपालिकाको केउरेनीपानी र साल्मा भन्ने ठाउँमा रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको प्रहरीको भनाई छ। प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १०६ वटा र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाइएको २२५ वटा क्लीप हटाएको हो। कृषकहरूबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफू खुसी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशन अनुसार क्लीप हटाइएको प्रहरीले जनाएको छ। 

चिनियाँ व्यापारीले प्लास्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अन्डा र थेप्चो आकारमा आवश्यकता अनुुसार बनाउने गरे पनि अप्राकृतिक रुद्राक्षले अन्तर्राष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अनविज्ञ रहेका छन्। रुद्राक्षको अप्राकृतिक आकार र रूपले विश्व बजारमा नेपाली गुणस्तर र छवि बिग्रने भएकाले क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

प्रकाशित: २० श्रावण २०७६ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App