१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदीय विशेष समिति गठन, संसदको अवरोध हट्यो

काठमाडौं– प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको छ। लामो गतिरोधपछि सोमबार बसेको बैठकले संसदमा देखिएका समस्या समाधान गर्न र संसदलाई प्रभावकारी बनाउन दलहरुको सहमतिमा विशेष समिति गठन गरिएको हो।

समितिको संयोजकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ गरेका छन्। आजको बैठकमा सभामुख कृष्णबहादुर महराले समिति गठनको प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावलाई सर्वसम्मतले पारित गरेको हो।

समितिको सदस्यमा उमाशंकर अरगरिया, देव गुरुङ, पुष्पा भुसाल, मीनेन्द्र रिजाल, लक्ष्मणलाल कर्ण र विन्दा पाण्डे रहेका छन्। समितिलाई ३० दिनप्रति प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ। यससँगै लामाे गतिराेधका अन्त्य भएकाे छ।

बैठकमा सभामुख महराले लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारको ध्यानाकर्षणसमेत गराए।

प्रकाशित: २० श्रावण २०७६ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App