१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कश्मिरमा सुरक्षा व्यवस्था कडा, पूर्व मुख्यमन्त्रीहरू घरमै नजरबन्द

कश्मिर -  भारतको उत्तरी राज्य कश्मिरमा सुरक्षाको लागि तत्काल फोन र इन्टरनेट बन्द गरिदिएको छ । राजधानी श्रीनगरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गर्दै सोही राज्यका दुई पूर्व मुख्यमन्त्रीसहित तीनजनालाई घरमै नजरबन्दमा राखेको छ। नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा  मुफ्ती र कश्मिर पिपुल्क कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई घरमै नजरबन्द गरिएको छ ।

श्रीनगरमा भारतको संविधानको धारा १४४ लागु गरिएको छ । धारा १४४ लागू भएसँगै श्रीनगरमा कोही पनि व्यक्तिले आवतजावत गर्न पाउने छैनन्। हाल जम्मू कश्मिरमा रहेका सबै शैक्षिक संस्था र कार्यालयहरु बन्द गरिएको छ। यस्तै मोबाइल र इन्टरनेट सेवा समेत बन्द गरिएको छ। त्यहाँ पहिलो पटक ल्यान्ड लाइन सुविधा समेत बन्द गरिएको छ।   कश्मिरमा अशान्ति मच्चिन थालेपछि शुक्रबारबाट शुरु भएको पवित्र हिन्दू तीर्थस्थल अमरनाथ यात्रा रद्द गरिएको छ ।

कश्मिरको विशेष अधिकार कटौतीसँग हुन सक्ने आन्दोलनलाई लक्षित गर्दै कश्मिरभरी हजारौं संख्यामा सेना परिचालन गरिएको छ भने वायु सेनालाई पनि तयारी अवस्थामा राखिएको छ। त्यस्तै प्रमुख प्रतिपक्षी दल कंग्रेस आई र कम्युनिष्ट पार्टीका केहि नेतालाई पनि गिरफ्तार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। कश्मिरमा मात्रै नभएर अन्य राज्यमा समेत सुरक्षा सतर्कता अपनाउन केन्द्र सरकारले एडभाइजरी जारी गरेको छ।

 

 

प्रकाशित: २० श्रावण २०७६ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App