१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कम्मर र खुट्टामा बाँधेर लागुऔषध ओसारपसार

काठमाडौं– कम्मर र खुट्टामा बाँधेर लुकाइछिपाइ गरी ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषधसहित एक व्यक्तिलाई प्रहरी चौकी इनर्वाले पक्राउ गरेको छ। सोमबार बिहान ८ बजे चेकजाँचका क्रममा वीरगन्ज–१६, रजतजयन्तीचोकबाट भारत विहार थाना गौनाहा भितिअर्वा ग्राम पञ्चायत वडा नं। ५ बस्ने २० महन्थ रामलाई लागुऔषधसहित पक्राउ गरिएको हो।

उनी लागुऔषध बोकेर भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल हिँडेर आउँदै थिए। उनको साथबाट इन्जेक्सन नुर्फिम एक सय, फेनार्गन एक सय र डाइजेल्याब एक सय पिस बरामद गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० श्रावण २०७६ ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App