१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साग तयारीकाे अनुगमन गर्न संसदीय उपसमिति गठन

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको अनुगमन गर्न संसदीय उपसमिति गठन गरिएको छ। संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रको इज्जतसँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन ५ सदस्यीय उपसमिति गठन गरेको हो।

समिति सदस्य जीवनराज श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्। उपसमितिका अन्य सदस्यहरूमा नमिताकुमारी चौधरी, गजेन्द्रबहादुर महत, नविना लामा र नारायणप्रसाद  मरासिनी छन्।

सो खेलकुद प्रतियोगिता आगामी मंसीर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ। त्यसको तयारीको कामको अनुगमन गरी सरकारलाई आवश्यक निर्देशन दिने कार्यादेश पनि उपसमितिलाई दिइएको समितिकी सभापति घर्तीले बताइन्।

प्रकाशित: १९ श्रावण २०७६ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App