१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पिएसजीलाई फ्रेन्च सुपर कप

पेरिस– फ्रेन्च कप विजेता रेनसलाई २–१ ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ।

फ्रान्सेली लिग वान विजेता पिएसजीले लियोनलाई पछि पार्दै सर्वाधिक धेरै पटक फ्रेन्च सुपर कप जित्ने कीर्तिमान भंग गरेको हो। यसअघि  लियोनले आठ पटक फ्रेन्च सुपर कप जितेको छ।

शनिबार भएको फाइनलमा रेनसलाई स्तब्ध बनाउँदै सिजनको पहिलो उपाधि उचाल्न सफल भएको हो। पिएसजीको जितमा विश्वकप विजेता टोलीका युवा स्ट्राइकर किलियन एमबाप्पे र अर्जेन्टिनाका विंगर एन्जल डी मारियाले एक÷एक गोल गरे। रेनसका एड्रिन होन्युले एक गोल फर्काएका थिए।

खेलको सुरुआतबाट नै दबाबमा परेको पिएसजीले पछि परेको अवस्थालाई उल्टाउँदै उपाधि चुम्न सफल भएको थियो। १३औं मिनेटमा रेनसका लागि एड्रिन होन्युले गोलको खाता खोलेका थिए। पहिलो हाफमा अग्रता बनाएको रेनसले दोस्रो हाफमा भने अग्रतालाई जोगाउन सकेन। ५७औं मिनेटमा एम्बाप्पेले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएका थिए। खेलमा फर्किएको पिएसजीका लागि ७३औं मिनेटमा डि मारियाले गोल गर्दै अग्रता उल्टाए। बाँकी समयमा रेनसले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र उपविजेतामा खुम्चिन पुग्यो।

फ्रान्सको लिग वान विजेता र फ्रेन्च कप विजेता टोलीबीच फ्रेन्च सुपर कप हुने गर्छ। पिएसजीले लिग र रेनसले फ्रेन्च कपको विजेताका रूपमा सुपर कपका लागि प्रतिस्पर्धा गरेका हुन्।

प्रकाशित: १९ श्रावण २०७६ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App