१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

१७औं आहा रारामा सबैभन्दा कम बचत

पोखरा– फुटबलको पर्याय बनेको सहारा क्लबले १७औं सस्करणको फुटबल प्रतियोगिताबाट सबैभन्दा कम रकम बचत गरेको छ। २०५९ सालदेखि सुरु भएको आहा रारा गोल्डकपको इतिहासमै क्लबले केवल १ लाख ४९ हजार रुपैयाँ मात्रै फुटबल प्रतियोगिताबाट जोगाएको छ । यो सहाराले आयोजना गर्दैै आएको गोल्डकपमै कम रकम हो।

हिमश्री फुड्सको मुख्य प्रायोजन तथा विभिन्न संघसंस्थाको सहप्रायोजन, उपप्रायोजन र प्रायोजन, राष्ट्रिय खेलकुद परिषद्, क्षेत्रीय खेलकुद विकास समिति तथा जिल्ला खेलकुद विकास समितिको सहयोग, पोखरा महानगरपालिकाको संयोजनमा गत फागुन ९ देखि १८ गतेसम्म फुटबल प्रतियोगितामा सञ्चालित थियो। जति बेला पोखरा रंगशालाको दुवैतर्फका प्यारापिट भत्काइएको थियो। दर्शकलाई क्लबले स्काई फोल्डिङयुक्त सिटको व्यवस्थापन गरेको थियो। यद्यपि क्लब जटिल परिस्थितिमा पनि फुटबल प्रतियोगिता सञ्चालन गर्दै घाटा व्यहोर्नेतर्फ उन्मुख देखिएको थियो। तर दर्शकको उपस्थिति बाक्लिएपछि सञ्चालन मुनाफा भने क्लबको खातामा १ लाख ४९ हजार देखिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

क्लबले दिएको जानकारीअनुसार मैदान, स्टेज, प्यारापिट व्यवस्थापनका लागि मात्रै ८ लाख ७७ हजार रुपैयाँ खर्च गरिएको थियो। क्लबले ६९ लाख २९ हजार ४ सय ६० रुपैयाँ खर्च भएको उल्लेख गरेको छ। गेट टिकट मात्रै क्लबले १५ लाख ५० हजार २ सय ६५ रुपैयाँ आर्जन गरेको तथ्यांक छ। मुख्य प्रायोजकबाट १३ लाख ५१ हजार उपलब्ध हँुदा राष्ट्रिय खेलकुद परिषद्ले ४ लाख रुपैयाँ सहयोग दिएको थियो।

गोर्खा ब्रुअरी नेपाल प्रालिले ४ लाख, हिमांश एजुकेसन कल्सन्टेन्सीले ४ लाख १ हजार, पृथ्वी राजमार्ग बस व्यवसाय समिति(हाल कम्पनी)ले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए। क्लबले सञ्चालन तथा व्यवस्थापन खर्चतर्फ ६ लाख ६७ हजार रुपैयाँ खर्च गरेको थियो। प्रोत्साहन खर्चमा मात्रै १३ लाख २२ हजार  रुपैयाँ खर्च गर्दा कास्की जिल्ला फुटबल संघलाई मैदान मर्मत सम्भार खर्चस्वरूप दुई लाख रुपैयाँ हस्तान्तरण गरेको थियो। क्लबले कुल ७० लाख ७८ हजार आम्दानी गरेको हो।

क्लबले बर्सेनि आयोजित फुटबल प्रतियोगितबाट बचत रकम पोखरा १७ दोविल्लास्थित एकेडेमीमा रहेका २६ बाल खेलाडीको लागि खर्च गर्दै आएको छ। विभिन्न संघसंस्थाको सहयोगबाटै एकेडेमी सञ्चालन हुँदै आएको छ। फुटबलसँगै बाल खेलाडीलाई क्लबले उच्च शिक्षासम्म पढाउँदै आएको छ। क्लबको उद्देश्य नै एकेडेमीमा रहेका बालखेलाडीलाई फुटबलमा भविष्य कोर्नुका साथै आफ्नै खुट्टामा उभिने वातावरण सृजना गर्नेतर्फ केन्द्रित रहँदै आएको छ।

प्रकाशित: १९ श्रावण २०७६ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App