१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सोलु कम्युनिटी हस्पिटल निर्माणार्थ अभियान

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–७ नाजिङमा ‘सोलु कम्युनिटी हस्पिटल’ निर्माणार्थ अभियान सुरु गरिएको छ। आगामी २०८० सम्ममा हस्पिटल सञ्चालनमा ल्याउने लक्ष्यसहित अभियान सुरु गरिएको शनिबार सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

अनुमानित १५ करोड रुपैयाँ लागतमा स्थापना गर्ने मुनाफारहित हस्पिटलमा विशेषज्ञ सेवा दिइने अभियन्ता डा. राजेन्द्र बस्नेतले जानकारी दिए। ग्रामीण भेगका सर्वसाधारणलाई हाडजोर्नी, यौन तथा छाला, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति, बालरोग र दन्तरोगसम्बन्धी सुलभ र गुणस्तरीय सेवा दिने धेयले हस्पिटलको परिकल्पना गरिएको डा. बस्नेतले बताए।

अनुमानित १५ करोड रुपैयाँमा बन्ने एक सय श­ड्ढयाको हस्पिटलका लागि १२ रोपनी जग्गा प्राप्त भइसकेको छ भने २३ रोपनी जग्गा खरिदको प्रक्रियामा रहेको छ। १२ रोपनी जग्गा सोलु हेल्थ केयर सेन्टरले खरिद गरी हस्तान्तरण गरेको हो।

उनका अनुसार विपन्न, असहाय र वृद्धवृद्धाको उपचार सहुलियतमा गर्ने, उपचार गर्ननसक्ने बिरामीको हकमा निःशुल्क उपचारका लागि अक्षयकोष स्थापना, गरिब तथा जेहेनदार विद्यार्थीलाई उच्च स्वास्थ्य शिक्षाका लागि छात्रवृत्ति दिने गरी योजना तयार पारिएको छ। अन्य सातवटा स्थानीय तहमा पनि सो हस्पिटलका शाखा विस्तार गर्ने दीर्घकालीन लक्ष्य राखिएको उनले जानकारी दिए।

एक सय श­ड्ढयाको हस्पिटलका लागि १२ रोपनी जग्गा प्राप्त भइसकेको छ भने बाँकी २३ रोपनी जग्गा खरिदको प्रक्रियामा रहेको छ। १२ रोपनी जग्गा सोलु हेल्थ केयर सेन्टरले खरिद गरी कम्युनिटी हस्पिटललाई हस्तान्तरण गरिसकेको छ। हालसम्म डा. बस्नेतसहित डेन्टलतर्फ डा. योगेन्द्र बस्नेत र जनरल सर्जन डा. प्रकाश शाह सो हस्पिटलमा बसेर सेवा दिने प्रतिबद्धता जनाइसकेका छन्।

कार्यक्रममा हस्पिटल निर्माणका लागि आवश्यक बजेट देशविदेशमा सञ्चालन गरिने अभियानबाट संकलन गरिने डा. बस्नेतले जानकारी गराए। सहयोगका लागि सेन्चुरी बैंक शाखा सल्लेरीमा रहेको खाता नं ०६१–००–००–१०७ मा जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ। दुर्गम भेगका नागरिकलाई सस्तो तर गुणस्तरीय स्वास्थ्योपचार दिने लक्ष्यसहित थालिएको अभियान निरन्तर चलिरहने भएकाले आर्थिक संकलनका लागि रणनीति बनाइरहेको अभियन्ताको भनाइ छ।

अभियन्ता डा. बस्नेतले भने, ‘आर्थिक लगानीका लागि बहुउद्देश्यीय सहकारी र बिमा नीति ल्याउने विषयमा छलफलमा छौं। नेपालमा यसअघि पनि सामुदायिक अस्पतालहरू सफल देखिएकाले सोलु कम्युनिटी हस्पिटल निर्माण र सञ्चालनको अभियानमा पनि सफल हुने विश्वास लिएका छौं।’ उनले हस्पिटल निर्माणमा हातेमालो गर्न सरोकारवालालाई आग्रहसमेत गरे।

प्रकाशित: १९ श्रावण २०७६ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App