कास्कीबाट चुनाव लड्न वामदेवलाई ओलीको आग्रह

आइतबार, १९ साउन २०७६, ०७ : ०२ नागरिक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका छन्। केही दिनअघि गौतमलाई बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरेका तर अहिले चुनाव लड्ने मुड छैन भनेर वामदेव गौतम फर्केको गौतमनिकट स्रोतले जनाएको छ।

रवीन्द्र को निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लडन् प्रधानमन्त्री ओलीले नेता गौतमलाई प्रस्ताव गरेका थिए। तर गौतमले रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराइलार्ई नै चुनाव लडाउनुपर्ने प्रस्ताव गरेका फर्केका थिए। ‘मलाई अहिले चुनाव लड्ने मुड छैन, विद्यार्थी राजनीति गरेकी विद्यालाई चुनाव लडाउँदा ठिक हुन्छ उनले रवीन्द्रको राजनीतिक जीवनलाई साथ दिन आफ्नो राजनीतिक क्षमतालाई गुमनाम बनाएकी छिन्,’ गौतमले ओलीलाई जवाफ फर्काएका थिए।

प्रधानमन्त्री ओलीले भने पार्टीले जिताउने पूरै कोसिस गर्छ, तपाई चुनाव लड्नुस् भन्दै प्रस्ताव गरेको स्रोतले बताएको छ। यसअघि काठमाडौं, डोल्पा, प्युठानलगायत जिल्लाबाट चुनाव लड्ने इच्छा व्यक्त गरे पनि पार्टीभित्र आन्तरिक समस्या बढ्दै गएपछि नेता गौतमले त्यता ध्यान नदिने बताउँदै आएका थिए। रवीन्द्र अधिकारीको निधनपछि नै कास्कीमा गौतमको चर्चा चलेको थियो तर उनले त्यतिबेला पनि रविन्द्रकै परिवारका सदस्यलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै आएका थिए।

‘उहाँले पहिला पनि रवीन्द्रकै परिवारलाई प्राथमिकता दिनपर्छ भन्नुभएको थियो अहिले पनि त्यही कुरा दोहो¥याउनुभयो। प्रधानमन्त्रीज्यूको प्रस्तावलाई उहाँले अस्वीकार गर्नुभयो,’ गौतमनिकट स्रोतले भन्यो। बर्दियाबाट पराजित भएपछि गौतमलाई सांसद बनाउन पार्टीका नेताहरूले पटकपटक प्रयास गरे पनि असफल हुँदै आएका छन्।







यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

Ncell Footer Ad