१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भजन संस्कृति जोगाउन भक्तपुरमा सम्मेलन

भक्तपुर– भजन संस्कृति जोगाउन शनिबार भक्तपुरमा भजन सम्मेलन गरिएको छ। श्री बारााहीपीठ विकास समितिको आयोजनामा एकदिने भजन सम्मेलन गरिएको हो। 

सम्मेलनमा विभिन्न ठाउँंका सात वटा भजन मण्डलीहरुले पालैपालो दिनभर भजन गाएका थिए। विहानदेखि साँंझसम्म विभिन्न भजन टोलीहरुले माइक राखेर भजन गाएका थिए। 

श्री बाराहीपीठ रास भजन मण्डल, श्री बाराहीपीठ ढलचा भजन, श्री पुलोख्यो दाफा भजन, श्री केदार वन बाराही भजन, श्री पाण्डुबजार भजन, श्री अजिमा भजन इनाचो र श्री श्यामसुन्दर भजन नासमनाले पालैपाले विहानदेखि साँंझसम्म भजन गाएका थिए। 

बताइए अनुसार एउटा भजन मण्डलमा यति नै जना हुनुपर्छ भन्ने निश्चित छैन। साथै भजनमा बजाइने बाद्यबादन पनि भजन अनुसार फरकफरक रहेको बताइन्छ। जस्तै रास भजनमा एक प्रकारका बाद्यबादन बजाइन्छ भने ढल्चा भजनमा अर्कै। 

आयोजक श्री बाराहीपीठ विकास समितिका कार्यबाहक अध्यक्ष हरिबहादुर चगुठीले भजन संस्कृतिलाई जोगाउन सहयोग पुयाउने उद्देश्यका साथ भजन सम्मेलन गरेको स्पष्ट पारे। आर्थिक अभाबका कारण भजन मण्डलमा सहभागी महानुभबाहरुलाई चियानास्ताबाहेक अरु पुरस्कारलगायतका प्रोत्साहन दिन नसकेको बाध्यता उनले पोखे।

भजन सम्मेलनमा उल्लेख्य रुपमा जनसहभागिता थियो। भजन गाउँंन स्वतस्फुर्ट रुपमा पनि आएका थिए। तर अधिकांश भजन मण्डलका सदस्यहरु बृद्धबृद्धा उमेरका देखिएका थिए। 

आयोजक श्री बारााहीपीठ विकास समितिका पूर्व अध्यक्ष डा. इन्दुल केसीले युवा पुस्तालाई भजन संस्कृतिमा आकर्षित गर्न नसकेको बताए। भजन कला संस्कृतिको एउटा महत्वपूर्ण भाग रहेको चर्चा गर्दै उनी भजन संस्कृतिलाई जीवन्त पार्न युवा पुस्तालाई यसप्रति आकर्षित गर्नुपर्ने खाँंचो औंल्याए। 

भजन सम्मेलन भक्तपुर नगरपालिका वडा नं ३ र ४ बाराहीस्थानमा पर्ने प्रसिद्ध धार्मिकस्थल बाराहीपीठमा गरिएको थियो। यस क्रममा त्यहाँं पुनर्निर्माण गरिएको लामो पाटीको पनि उद्घाटन गरिएको थियो। स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय भक्तपुरको आर्थिक सहयोगमा बनेको पाटीको कार्यालयका प्रमुख मोहन सिंह लामाले गरेका थिए। २०७२ सालको महाभूकम्पबाट क्षति पुगेको पाटीको पुनर्निर्माण गरिएको हो। पाटीको ३५ लाख बजेटबाट पुनर्निर्माण गरिएको हो। 

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष कुमार चवाल, भक्तपुर नगरपालिका वडा नं ३ का वडा सदस्य कृष्णगोपाल चगुठीलगायतले कला संस्कृतिको जर्गेना गर्न सकिए मात्रै आफ्नो पहिचान कायम रहने बताए। यसकारण आफनो पहिचानका लागि मात्रै पनि आफनो भाषा संस्कृति, रहनसहन, परम्परालाई जोगाइराख्नुपर्ने आवश्यकता उनीहरुले औंल्याए। श्री भगवान बराह जयन्तीको अवसरमा गरिएको कार्यक्रममा क्षमापूजा पनि गरिएको थियो। 

प्रकाशित: १८ श्रावण २०७६ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App