२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

एउटै मञ्चमा ५० बालबालिका

ललितपुर - क्यान्सर जितेका ५० भन्दा बढी बालबालिका आफ्नो विभिन्न कला लिएर एउटै मञ्चमा उभिने भएका छन्। साउन १८ गते ललितपुरको सानेपामा डान्स, गीत तथा मनोरञ्जनका विभिन्न प्रस्तुतिहरूको साथमा बालबालिकाहरू ‘¥याम सो’ मा उत्रिने भएका हुन्। क्यान्सर रोगसँग लडेर विजय प्राप्त गरेका देशभरका बालबालिकालाई एकै स्थानमा भेला गराइने आयोजकले जनाएको छ। यति धेरै बालबालिकालाई एकै ठाउँमा भेला गराएर हुन लागेको यो कार्यक्रम नेपालमै पहिलोपटक हो। बालबालिकाभित्र लुकेको कला प्रस्तुति गराउन कार्यक्रमको आयोजना ललितपुरको हात्तिवनमा रहको नेपाल क्यान्सर अस्पताल तथा रिचर्स सेन्टरले गरेको छ।

अस्पतालका अध्यक्ष तथा क्यान्सर रोग विषेशज्ञ डा. सुदीप श्रेष्ठले क्यान्सरपीडित बालकालिकाको मनोबल बढाउन कार्यक्रम आयोजना गरिएको बताए। ‘कलिलो उमेरमै क्यान्सर लागेर निको भएको वा निको हुँदै गरेका बालबालिकाभित्र लुकेको प्रतिभालाई हामीले उजागर गर्न यस्तो कार्यक्रम आयोजना गरेका हौं,’ उनले सुनाए, ‘यसो गर्दा उनीहरूले आफूलाई कमजोर ठान्ने छैनन् र अरु बालबालिका सहर भएर जिउने हिम्मत बटुल्ने छन्।’ उनका अनुसार नेपालमा अहिले १०÷११ हजार हाराहारी बालबालिका क्यान्सर रोगबाट पीडित छन्। यद्यपि सरकारी निकायले क्यान्सरपीडित बालबालिकाको यथेष्ट तथ्यांक संकलन गर्न सकेको छैन। विज्ञहरूको मोटामोटी अध्ययन र अनुमानले १०÷११ हजार देखाएको हो।

बालरोग तथा बालक्यान्सर रोग विशेषज्ञ अञ्जली पण्डितले नेपालमा बाल क्यान्सरको सहज र भरपर्दो उपचार पद्धति भएको बताइन्। उनले जनचेतनाको कमी र अभिभावकलाई थाहा नहुँदा भौतारिएर विदेशमा उपचार गर्न गइरहेको जानकारी दिइन्। ‘नेपालमा अहिले जस्तोसुकै क्यान्सरको उपचार सम्भव भइसकेको छ, आधुनिक उपकरण पनि भित्रिएका छन्,’ उनले भने, ‘तर, सबैलाई जानकारी नहुँदा महँगो रकम खर्च गरेर विदेशमा उपचार गएको देखिन्छ, यसको घाटा विरामी र उसको परिवारलाई परेको छ।’ उनका अनुसार जन्मदै तथा कलिलो उमेरका बालबालिलाई के कारणले क्यान्सर हुन्छ भन्ने विषय संसारमै पत्ता लाग्न सकेको छैन। यद्यपि क्यान्सर लागेका ८० प्रतिशतभन्दा बढी बालबालिकालाई निको भएको तथ्यांक छ। ‘¥याम सो कार्यक्रमले बालबालिकामा उत्साह र आँट बढाउन मद्दत गर्छ, उनीहरू अरुको अगाडि उभिएर कलात्कम प्रस्तुति देखाएपछि अझ प्रतिभाशाली हुन्छन्,’ डाक्टर पण्डितले सुनाइन्, ‘त्यसकारण यस्ता कार्यक्रम आवश्यक छ।’

शनिबार बिहान ११ बजे सुरु हुने कार्यक्रमममा महजोडीलगायत उपराष्ट्रपति नन्दकिशोर पुनलगायतको सहभागिता रहने कार्यक्रमकी संयोजक स्वरूपा श्रेष्ठले जानकारी दिइन्। उनले बाल क्यान्सर रोगसम्बन्धी जनचेतना प्रवाह गर्न र बालबालिकाको मनोबल बढाउन कार्यक्रम आयोजना गरिएको बताइन्। ‘क्यान्सर रोगबारे जनचेतना प्रवाह गर्नको लागि सुगममा मात्रै होइन, दुर्गम क्षेत्रमा पुगेर पनि क्याम्प सञ्चालन गरिरहेका छौं,’ उनले सुनाइन्, ‘यदि बेलैमा ध्यान दिने हो भने क्यान्सर लागेर मर्नु पर्दैन।’ कार्यक्रममा विभिन्न ठाउँबाट आएका क्यान्सरपीडित बालबालिकाले आ–आफ्नो कला प्रदर्शन गर्ने छन्।
 
 

प्रकाशित: १८ श्रावण २०७६ ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App