बौद्ध दर्शन

बुद्धको मध्यम मार्ग

शनिबार, १८ साउन २०७६, ०८ : ५४ वसन्त महर्जन

गौतम बुद्ध (इ.पूू. ५६३–४८३)ले कसरी छोटो समयमै आफ्नो मतवादलाई चारै दिशामा फैलाए होलान्? यो कौतुहलता आज पनि पाइन्छ। भारतको सारनाथमा बुद्धले प्रथम पल्ट धर्मचक्र प्रवत्र्तन गरेका थिए (इ.पूू. ५२८) भने त्यसपछि आफ्नो मतवाद प्रचारकै लागि तत्कालीन मगध साम्राज्यतर्फ लागेका थिए। पछि धेरैजसो समय श्रावस्तीमा बित्यो। बुद्ध गान्धार प्रदेशतर्फ कहिल्यै लागेनन्। तर, गान्धारका राजा बुद्धको दर्शन हेतु आएका थिए। अर्थात्, स्वयं बुद्ध पुग्न नसकेका ठाउँमा बौद्ध भिक्षु पुगेका थिए र बौद्ध धर्मदर्शन फैलाएका थिए। यो धर्मदर्शन विश्वमै फैलिएको छ र संख्याका दृष्टिले चौथौं स्थान प्राप्त छ। यो मतवाद लोकप्रिय हुनुमा मध्यम मार्गले काम गरेको छ। बुद्ध मध्यम मार्गमा जोड दिँदैनन् मात्र, आफै पनि यो मार्गमा हिँडेर बुद्धत्व लाभ गर्न सफल भएका थिए।

मध्यम मार्ग के हो ?
पहिला अतिवादी मार्ग के हो भन्ने सन्दर्भ उल्लेख गर्नु राम्रो होला। बुद्धले बुद्धत्व प्राप्त गर्नुअघि ६ वर्षसम्म कठोर साधना गरेको र हाडैहाड मात्र बाँकी हुने अवस्थामा पुगेको उल्लेख गरिन्छन्। यो वर्णन स्वयं बुद्धले नै ठाउँठाउँमा गर्ने गरेका छन् र मज्झिमजिकायको बोधिराजकुमारसुत्त र महासच्चकसत्तमा संग्रहित छन्। बुद्धकै शब्दमा– ‘ ...अनि मलाई यस्तो लाग्यो– किन म अप्राणक (श्वास रोक्ने, कुम्भक) ध्यान मात्र नगरूँ ?

अनि मैले मुखबाट पनि नाकबाट पनि श्वासप्रश्वास थुनेँ। मैले मुखबाट र नाकबाट श्वासप्रश्वास थुन्दा कर्णधारबाट निस्केको आवाज बढी हुन्थ्यो, जस्तै : कालिगढले बाँसको ढुङ्ग्रो फुक्दा आवाज आउँछ, त्यसैगरी नाक र मुखबाट श्वासप्रश्वास थुन्दा कर्णधारबाट निस्केको आवाज धेरै आउँथ्यो। अनि मैले मुख, नाक र कानबाट श्वासप्रश्वास थुनेँ। अनि वायु मेरो शिरमा थुप्रन्थ्यो र हान्थ्यो। मलाई शरीरमा अधिकतम डाह हुन्थ्यो अनि अशान्ति दुष्कर चर्याको कटुताको कारणले मलाई देवताहरूले यसो भने– ‘श्रमण गौतमको मृत्यु भयो।’

कुनै देवताहरू भन्थे, ‘श्रमण गौतम मरेको छैन। तर, मर्न लागेको हो।’ कुनै देवताले यसो भने– ‘श्रमण गौतम न मरे, न मर्दै छन्। श्रमण गौतम अरहन्त हुन्। अरहन्तहरूको बस्ने स्वभाव यस्तै हुन्छ।’
मलाई यस्तो लाग्यो– किन म सबै आहारहरू नत्यागूँ?

अनि म कहाँ आर्य देवता आएर यसो भने, ‘मारिष, सबै आहारहरू त्याग्ने मार्गतिर तपाईं नलाग्नुहोस्। यदि सबै आहार त्याग्ने मार्गमा तपाई लाग्नुहुन्छ भने हामी रोमकूपबाट दिव्यओज हालिदिने छौं। त्यसले तपाईको यापन हुनेछ।’ अनि मलाई लाग्यो, यदि म कुनै आहार ग्रहण गर्दिन भनूँ भने यी देवताहरूले मेरो रोमकूपबाट दिव्यओज हालिदिने छन्। त्यसबाट मेरो यापन हुनेछ। यो मेरा निमित्त झूटो हुनेछ। अनि मैले ती देवताहरूलाई ‘भइहाल्यो, यसो नगर’ भनी भनेँ।

बौद्धहरू मध्यम मार्गलाई नै आदर्शमार्ग मान्छन्। यो शब्द यिनीहरूलाई प्रिय पनि छ। यस्तै अर्को प्रिय शब्द ‘शून्यवाद’ पनि हो। शून्यवादका कुरा बुद्धका उपदेशमा नै पाइन्छन्।

अनि मैले केराउ एक अँजुली मुगीको रस, गहजातिको रस (कुलत्थयूसं), केराउ कोसाको रस अथवा मटरको रस गरी अलि अलि आहार ग्रहण गर्न थालें। यसो गर्दा मेरो शरीर अन्तिम सिमाना पार गरी अत्यन्त दुब्लो भयो, जस्तै : असी वर्षको बूढाको शरीर अथवा कालकलताको गाँठा हुन्छन्। त्यस्तै मेरो शरीरका अंगप्रत्यंग दुब्ला/पातला भए। ऊँटको पैतालाजस्तै मेरो मलद्वार गहिरो थियो। डोरीले बाटिएको जस्तै मेरो पिठ्युँका हाडहरू अग्ला र होचा भएका थिए। कुनै अति जीर्ण घरमा दलिन हल्लन्छन्, त्यस्तै मेरा करङ्ग हल्लन्थे। गहिरो कुवामा ताराहरूको छाया निकै गहिरो देखिएजस्तै मेरा आँखाका तारा गहिरा देखिन्थे। हरियो तिक्तकलाबु (लौका विशेष) काटी घाम र बतासमा राख्दा चाउरिएजस्तै मेरा टाउकाको छाला चाउरिएको थियो।

पेटमा हात राखुँ त पिठ्युँका करङ्ग समाउन पुग्थेँ र पिठमा सुम्सुम्याउन थालुँ त पेटको छाला समाउन पुग्थेँ। मेरो पेटको छाला पिठ्यूँको हाडमा जोडिएको हुन्थ्यो। दिसापिसाब गर्न जान्थेँ त त्यहींँ बेहोस भई लड्थेँ। यही शरीरलाई आश्वासन दिँदै हातले शरीर सुम्सुम्याउँदा कुहिसकेका रौं झर्थे। मान्छेहरू मलाई देखेर भन्थे, ‘श्रमण गौतम कालो छ।’ कुनै मान्छे भन्थे, ‘श्रमण गौतम कालो होइन, श्याम हो।’

कोही भन्थे, ‘श्रमण गौतम न कालो हो न त श्याम नै, न हरियो नै हो। यो त मंगुर जातको माछाको वर्ण (कालो पनि हरियो पनि नभएको) हो। मेरो स्वच्छ, गोरो र परिशुद्ध उज्यालो छवि सर्वथा नष्ट भएको थियो।’

कतिपयले गौतम बुद्धको यो दुश्कर चर्यालाई आदर्शका रूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ। तर, स्वयं बुद्धको दृष्टिमा यो आदर्श चर्या होइन। यो प्रशंसा यस्ता तपस्यालाई आदर्श मान्ने मतवादबाट प्रेरित देखिन्छन्। बुद्धका अनुसार तपस्याको उच्चतम अवस्थामै पुुगेका थिए। तर, बोधिलाभका लागि सहायकसिद्ध नहुँदा त्याग्नुपरेको थियो। साधनाकै क्रममा यो दुष्कर चर्यालाई त्यागेर ध्यान साधना अपनाएका थिए। यही क्रममा भोजनग्रहण गर्नुपरेको थियो र सन्तुलित भोजनपछि शरीरलाई पुुरानै अवस्थामा फर्काएर ध्यान साधना गर्दागर्दै वैशाख पूर्णिमाका दिन बुद्धत्व लाभ भएको थियो। अर्थात्, मध्यम मार्ग अपनाएपछि मात्रै यो सबै सम्भव भयो।

मध्यममार्ग र साधना
गौतम बुुद्धका समकालीन तर केही वर्षले ज्येष्ठ वर्धमान महावीर नग्न भएर हिँड्थे। उनको सम्प्रदायमा दीक्षित भएका भिक्षुहरू पनि नग्न भएरै हिँड्थे। कठोर साधनाका क्रममा वर्धमानको शरीरमा भएको लुुगा मक्किएर झरेको थियो र नयाँ लुुगा लगाउनु आवश्यक महसुस थिएन। आफूमा भएका तृष्णा तथा क्लेशहरूलाई नै त्यागिसकेको अवस्थामा लुुगाको के अर्थ भन्ने सोचाइ थियो। यो मतवादभित्र यसरी नग्न भएर हिँड्नेहरू पछि दिगम्बर र सेतो लुुगा लगाउने श्वेताम्बर नामबाट चिनिए। नग्न भएर हिँड्नेहरू अन्य पनि थुप्रै सम्प्रदाय थियो। तिनीहरुका आ–आफ्नै तर्क, दृष्टि वा जीवनदर्शन थियो। साधकहरू यस्तै हुन्छन् भनेर समाजले स्वीकारेको थियो। अझ, जो जति नांगिएर हिँड्छन्, ऊ त्यति नै ठूला साधक भन्ने भ्रमले पनि ठाउँ पाएको थियो।

तर, बुद्धले यसलाई अतिवादका रूपमा लिए। बुद्धत्व प्राप्तिअघि साधनाका क्रममा गौतम बुद्ध पनि एक समय त्यसरी नै नांगिएर हिँड्थे। नांगा साधुुहरूलाई समाजले अन्यथा नलिए पनि सहज पाच्य पनि थिएन भनेर अन्य प्रसंगहरूबाट बुुझ्न सकिन्छ। बुद्ध समाजसँग टाँसिएर वा टाढिएर बस्नुलाई अनुचित ठान्थे। यही भएर होला– बुद्धले निश्चित आकार– प्रकारको लुगा लगाउनु पर्ने नियम बनाए, जसलाई चीवर भनिन्छ। तत्कालीन समाजमा कपडा महँगो हुन्थ्यो, सहजै उपलब्ध पनि हुँदैनथ्यो। तसर्थ, मसान वरिपरि फालिएका वा अन्य कपडा बटुलेर त्यसलाई आफ्नो आकारमा काटी सिलाएर पहेँलो रंगले लगाएर चीवर बनाउँथे।

आजभोलिको भाषामा यसलाई पुनःउत्पादन (रिसाइक्लिङ) भन्न सकिन्छ। कतैबाट राम्रो चीवर प्राप्त भयो भने त्यसको प्रयोग गर्न हुन्थ्यो। मसानबाट प्राप्त कपडाले बनेको चीवर मात्रै लगाउनु पर्ने कठोर नियम बनाउन देवदत्तले दबाब दिएका थिए। तर, बुद्धले त्यसलाई स्वीकार गरेनन्। शरीर ढाक्न चीवर चाहिन्छ। तर, यस्तै चाहिन्छ वा उस्तै चाहिन्छ भन्नुको अर्थ छैन भन्ने धारणा पनि मध्यम मार्ग नै हो। छ भन्दैमा थुप्रै जोड्नुु अथवा जोड्दै नजोड्नुलाई अतिवादका रूपमा लिन सकिन्छ। बुद्धले भिक्षुहरूलाई तीन वटा चीवरसम्म राख्नलाई स्वीकृत गरेको पाइन्छ। त्योभन्दा बढी चीवर प्राप्त भएमा आवश्यक भएका अरु भिक्षुुलाई दिन भनिएको थियो।

बुद्धको सम्पर्कमा ठूल्ठूला व्यापारी तथा साहुमहाजन थिए। बुद्धकै मार्गदर्शनमा लागेका राजा महाराजा पनि उत्तिकै थिए। आफ्नो ऐश आरामको जीवन त्यागेर भिक्षु बनेका उनी त्यागका ज्वलन्त नमुना मानिन्छन्। यसअनुसार व्यापारी तथा साहुमहाजनहरूलाई परिश्रम गर्न छाडेर भएभरको धनसम्पत्ति पनि त्याग्न उक्साउँथे कि भन्ने अनुमान पनि हुन्छ। तर, त्यस्तो होइन। बुद्ध उद्योग व्यवसायमा लाग्न तथा उत्पादन गरेर धनसम्पत्ति आर्जनमा पनि जोड दिन्थे। यसरी कमाएको धनसम्पत्ति तृष्णाले वशीभूत भएर थुपारेर राख्ने मात्रै नभएर समाजको हितमा केही प्रतिशत दान गर्न प्रेरित गर्थे। कमाउने मात्र होइन, दान दिन पनि प्रेरित गर्ने भएकाले सर्वसाधारणमा पनि तृष्णा क्षय गर्न सघाउ पुुग्दथ्यो र यसलाई साधनाकै रुपमा लिन सकिन्छ।

मध्यम मार्गको लोकप्रियता
बौद्धहरू मध्यममार्गलाई नै आदर्शमार्ग मान्छन्। यो शब्द यिनीहरूलाई प्रिय पनि छ। यस्तै अर्को प्रिय शब्द ‘शून्यवाद’ पनि हो। शून्यवादका कुरा बुद्धका उपदेशमै पाइन्छन् र यसको विवेचना ‘प्रज्ञापारमितासूत्र’ ग्रन्थमा भएको छ। यही सूूत्रलाई अझ विस्तृत व्याख्या गरी एक प्रकारले शून्यवादका प्रवर्तक नै भनेजस्तो प्रख्याति पाएका आचार्य नागार्जुन (दोस्रो शताब्दी)ले ‘माध्यमिक कारिता’को रचना गरे। शून्यलाई नै परमार्थ मान्ने भएका कारण नागार्जुनको मतवादलाई शून्यवाद भनियो भने यसैको अर्को नाम ‘माध्यमिक’ पनि हो। बुद्धद्वारा प्रतिपादित मध्यम मार्गप्रति दृढ पक्षपाती भएका कारण यसले यो नाम पाएको बुुझ्न सकिन्छ।

तत्वविवेचनामा शाश्वतवाद र उच्छेदवाद दुुइटैलाई बुद्ध अतिवादका रूपमा लिन्थे। यही अतिवादका कारण कतिपय साधकहरू अघि बढ्न सकिरहेका थिएनन्। तर, बुद्धले मध्यम मार्ग वा मध्यम मतको अवधारणा ल्याएपछि कतिपय साधकको मार्गप्रशस्त भएको थियो। मध्यममार्गलाई बिर्सेको खण्डमा स्वयं बुद्धको धर्मदर्शनलाई बुुझ्नमा कठिनाइ आउन सक्छ। आचारविचारमा पनि मध्यममार्ग अपनाइएन भने बुद्धद्वारा निर्दिष्ट जीवनदर्शनमा विचलित भएको आभास हुन थाल्छ। मध्यम मार्ग भएकै कारण यो व्यावहारिक पनि हुनसक्यो। सांसारिक जीवनमै पनि अतिवादहरूले द्वन्द्व निम्त्याइदिन्छ भने मध्यममार्गले सुलह गर्न सजिलो पारिदिन्छ। बौद्धहरूको आदर्श नै मध्यम मार्ग भएका कारण यो मतवाद शान्त, सौम्य र शिष्ट देखिनु स्वाभाविक हो र यसले आकर्षित पनि पार्छ।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad