१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अंगीकृतबारे सहमति भएकाे छैन, अाधारहीन समाचारका पछि नलाग्नुस् : प्रधानमन्त्री

खोटाङ–प्रधानमन्त्री पुष्पकमल दाहालले अंगीकृत नागरिकता र संबिधान संशोधन सम्बन्धी केही दिनअघि आएको ‘ड्राफ्ट’को पछि नलाग्न आग्रह गरेका छन्। राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणका क्रममा मंगलबार खोटाङ आइपुगेका प्रधानमन्त्री दाहालले अंगीकृत नागरिकता र संविधान संशोधन सम्बन्धी ‘ड्राफ्ट’ बनाउने प्रकृया भर्खर मात्र सुरु गरिएकाले यसअघिको ‘ड्राफ्ट’ असत्य भएको दाबी गरे। हालसम्म अंगीकृत नागरिकता र संविधान संशोधन सम्बन्धी कुनै समझदारी नभएकाले केहीदिन अघि बाहिर आएको प्रचार भ्रामक भएको प्रधानमन्त्री दाहालको भनाइ थियो।

जिल्ला विकास समितिको कार्यालयमा भएको सर्वपक्षीय कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन गर्दै निर्वाचनमा जाने प्रमुख मुद्दामा वर्तमान सरकार केन्द्रित रहेका बेलामा ‘ड्राफ्ट’ बनिसकेको भनेर प्रचारबाजी गरिएको उल्लेख गरे।

ड्राफ्ट आइसक्यो भन्ने हल्ला छ, यो हो–हल्लाकोपछि नलाग्नुहोला, कतिपय मिडियामा आजभोलि असाध्यै अराजक तरिकाले समाचार आउने गरेका छन्, जुन धेरैजसो सत्य हुने गरेका छैनन्। त्यसको पछाडि नलाग्नुहोला,’ प्रधानमन्त्री दाहालले भने, ‘पहिल्यै भइसक्यो रे, यो हुने भयो रे, त्यो हुने भयो रे भन्नेजस्ता प्रचारबाजी गरिएका छन्, त्यो सत्य होइन।’

‘ड्राफ्ट आइसक्यो भन्ने हल्ला छ, यो हो–हल्लाकोपछि नलाग्नुहोला, कतिपय मिडियामा आजभोलि असाध्यै अराजक तरिकाले समाचार आउने गरेका छन्, जुन धेरैजसो सत्य हुने गरेका छैनन्। त्यसको पछाडि नलाग्नुहोला,’ प्रधानमन्त्री दाहालले भने, ‘पहिल्यै भइसक्यो रे, यो हुने भयो रे, त्यो हुने भयो रे भन्नेजस्ता प्रचारबाजी गरिएका छन्, त्यो सत्य होइन।’

दोलखामा निर्माणाधीन ४५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अनुगमनपछि दिक्तेल आएका प्रधानमन्त्री दाहालले सर्वस्वीकार्यता बढाउनकालागि राष्ट्रिय सहमतिबाटै संविधान संशोधन गर्ने पहल भइरहेको बताए। आन्तरिक राष्ट्रियतालाई एकताबद्ध बनाएर देशलाई निर्वाचनमा लैजानकालागि राष्ट्रिय सहमति र संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प नरहेको दाहालले बताए।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा सरकारको ध्यान केन्द्रित छ,’ प्रधानमन्त्री दाहालले भने, ‘देशमा राष्ट्रिय सहमति बन्दै गएको छ। सत्तापक्ष र प्रतिपक्षकाबीचमा सकरात्मक छलफल भएका छन्। मधेसी, थारु, आदिबासी जनजातीसँग पनि छलफल गरेर राष्ट्रिय सहमतीमै संविधान संशोधन गर्ने वाताबरण बनाउनमा सरकार लागेको छ ।’

एकताबद्ध भएर मात्रै राष्ट्रका अगाडि रहेका समस्या र चुनौतीको सामना गर्ने सकिने भन्दै दाहालले सरकार पुननिर्माणलाई गति दिन,  छिमेकीसँगको सम्बन्धलाई सुधार गर्न, विकास निर्माणलाई गति दिन, देश विदेशमा रहेका युवाको मागलाई सम्बोधन गर्ने कुरामा सरकारको ध्यान केन्द्रित रहेको दाबी गरे। उनले समयमै तोकिए अनुसार आयोजना सम्पन्न गर्न सम्बन्धित सबै कार्यालयका प्रमुख र कर्मचारीलाई निर्देशन दिए । ‘दुर्भाग्य हामीसँग पैसा हुन्छ, सरकारले खर्च गर्न सक्दैन,’ प्रधानमन्त्री दाहालले भने, ‘यो भन्दा लाजमर्दो कुरा अरु हुन सक्दैन ।’

प्रधानमन्त्री दाहाल निमित्त मुख्य सचिव टंकमणि शर्मा, भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिवसहित दिक्तेल आएका हुन्। प्रधानमन्त्रीलाई खोटाङ जोड्ने दुधकोसीको पुल निर्माण, जयराम–दिक्तेल–चखेवा सडक कालोपत्रे, दुधकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय गौरबको आयोजनामा समावेश गर्न, भ्रष्टाचार र ढिलासुस्तीका विषयमा ध्यान दिन, हलेसीको गुरुयोजना लागू गर्न लगायतका माग राख्दै जिल्लाका राजनैतिक दल, उद्योग बाणिज्य संघले प्रधानमन्त्री दाहाल समक्ष छुट्टाछुट्टै लिखित माग राखेका छन्। जिल्लामा बहालवाला प्रधानमन्त्री २० वर्षपछि आइपुगेका हुन्।

 

प्रकाशित: २३ कार्तिक २०७३ ०९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App