१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

माल्दिभ्सका पूर्व उपराष्ट्रपति भारतमा पक्राउ

नयाँ दिल्ली - माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीब भारतमा पक्राउ परेका छन्। अदीब गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ परेका हुन्। भारतीय सुरक्षा अधिकारीका अनुसार अदीब भारतमा प्रवेश गर्नका लागि स्वीकृति प्राप्त सीमाविन्दूबाट प्रवेश नगरेका र आधिकारिक कागजात साथमा नबोकेका कारण उनलाई अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको हो।

माल्दिभ्सको एक अदालतले तत्कालिन राष्ट्रपति अब्दुलाह यमीनलाई सन् २०१५ मा हत्या गर्ने प्रयास गरेको भनी अदीबविरूद्ध परेको मुद्दामा सफाई दिएपछि गत मे महिनामा माल्दिभ्सको जेलबाट रिहा भएका माल्दिभ्सका पूर्व उपराष्ट्रपति अदीबलाई भारतको तामिलनाडुस्थित बन्दरगाह शहर टुटिकोरिनबाट पक्राउ गरिएको भारतीय अधिकारीहरूले एएफपीलाई बताएका छन् ।

यता माल्दिभ्स प्रहरीका अनुसार अदीबले बुधबार उहाँमाथि परेको मुद्दाबारे आफ्ना भनाई राख्नुपर्ने तालिका रहेको थियो तर उहाँ सम्वन्धित निकायमा उपस्थित हुनुभएन । माल्दिभ्स सरकारले अदीबको पासपोर्टलाई अनुसन्धानका क्रममा जफत गरेको बताइएको छ ।

अदीबलाई यमीन राष्ट्रपति रहेको समय उपराष्ट्रपति भएकै वेला हत्या प्रयास र विभिन्न भ्रष्टाचार आरोपमा अनुसन्धानका लागि नयाँ सुनुवाई हुने तयारी रहेका समय भारत प्रवेश गरेको अनुमान गरिएको छ । अदीब गत बर्षको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका थिए ।

प्रकाशित: १७ श्रावण २०७६ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App