१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा ४५ औं राष्ट्रपतिको निर्वाचन शुरू

वाशिंगटन– अमेरिकामा ४५ औं राष्ट्रपतिको निर्वाचनअन्तर्गत मंगलबारबाट मतदान शुरु हुँदैछ। मंगलबार ५० ओटा राज्यमा मतदान हुने जनाइएकाे छ। यसको २४ घण्टापछि मत परिणाम सार्वजनिक हुने जनाइएको छ। नयाँ राष्ट्रपतिले जनवरी २०१७ देखि आफ्नो पदभार ग्रहण गर्नेछन्।

हाल भइरहेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले यो चुनाव अमेरिकी पहिचानलाई बदनाम गर्ने विश्वका देशहरुलाई आफ्नो चुनौतिको रुपमा हेरिरहेका छन्। भने डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले यो चुनावलाई महिला तथा अल्पसंख्यकहरुलाई समानताको अधिकार दिलाउने चुनावको रुपमा लिइरहेकी छन्।

वर्तमान राष्ट्रपति बाराक ओवामाले हिलारी क्लिन्टनको पक्षमा खुलेरै समर्थन गर्दै आएका छन्। उनले देशको पहिलो महिला राष्ट्रपति चुन्ने अवसरको रुपमा पनि यो चुनावलाई बताउँदै छन्।

करिब ३० करोड मतदाता सहभागी हुने जनाइएकाे छ। प्रारम्भिक रर्वेक्षणहरुले हिलासी क्लिन्टल निर्वाचनमा अगाडी देखिएकी छन्।

प्रकाशित: २३ कार्तिक २०७३ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App