१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोमा परेर एकै परिवारका २ जनाको मृत्यु, ५ घाइते

बाजुरा -  पहिरोले घर भत्किँदा गौमुल गाउँपालिका ६ बसाला शान्ति टोलमा एकै परिवारका २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।  गए राति साढे १२ बजेतिर आएको पहिरोले जंगे चदाराको घर पुरिएर २ जनाको ज्यान गएको हो।

राति सुतीरहेको बेला पहिरोमा पुरिएर ३० वर्षकी निरुता चदारा र उनकी छोरी वर्ष ६ की किस्मीता चदाराको मृत्यु भएको प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले बताएका छन्।  सँगै सुतिरहेका घर मुली जंगे चदारा गम्भीर घाइते भएका छन्।

९० वर्षका जंगे चदारको अवस्था गम्भीर रहेको छ।  भने उनकै घरका सुके चदारा, जडेनी चदारा, अस्मीता चदारा र विकास चदारा घाइते भएका छन्।  पहिरो घरको पछाडि पट्टीको भागबाट खसेको हो।  लगातारको अत्याधिक बर्षाका कारण पहिरो गएको अनुमान गरिएको छ।

पहिरोका कारण भएको क्षति विवरण बारे जानकारी लिन प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाट नेतृत्वको टोली घटना स्थल पुगेको छ।  राती १ बजे नै गौमुल इलाका प्रहरी कार्यालयबाट टोली खटी गएको थियो।

भिरालो जमिनमा रहेको बस्ती भएकोले अन्य परिवारका लागि पनि त्रास बढेको छ।  भूगर्व विदहरुले नै शसालाको सिंगो बस्ती पहिरोको उच्च जोखिममा रहेकोले बस्ती सार्न सुझाव यस अघि नै दिइसकेको छ।

प्रकाशित: १७ श्रावण २०७६ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App