१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

श्रीलंकाद्वारा क्लिन स्विप

कोलम्ब – श्रीलंकाले बुधबार बंगलादेशमाथि १ सय २२ रनको फराकिलो जितका साथ बंगलादेशविरुद्धको तीन एकदिवसीय खेलको शृंखला ३–० ले क्लिन स्विप गरेको छ।
यसअघि पहिलो र दोस्रो एकदिवसीय खेल जित्दै शृंखला आफ्नो पक्षमा पारिसकेको श्रीलंकाले तीव्र गतिका बलर नुवान कुलशेखराको बिदाइमा समर्पित खेलमा रबाफिलो जित हात पारेको हो। श्रीलंका क्रिकेट बोर्डले केही दिनअघि कुलशेखराले राष्ट्रिय टोलीका लागि गरेको योगदानको कदर गर्दै उनलाई विशेष सम्मान गरिने र आर प्रेमदासा मैदानमा भएको खेल उनको सम्मानमा समर्पित गर्ने जनाएको थियो।

सन् २००३ मा इङ्ल्यान्डविरुद्धको एकदिवसीय खेलसँगै श्रीलंकन टोलीबाट डेब्यु गरेका कुलशेखरा सन् २०१४ मा श्रीलंकाले ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा टोलीको महŒवपूर्ण सदस्य थिए। साथै श्रीलंकाले २०११ को विश्वकप फाइनलमा प्रवेश गर्दासमेत उनले महŒवपूर्ण भूमिका खेलेका थिए। उनी सन् २००९ मा ६ महिना एकदिवसीय क्रिकेट वरीयताको शीर्ष बलरसमेत थिए। सन् २०१७ को जुलाईमा जिम्बाब्वेविरुद्धको खेल नै उनका लागि अन्तिम खेल बन्यो। उनले श्रीलंकाबाट १ सय ८४ एकदिवसीय खेल खेलेका छन्।

यसअघि शुक्रबार बंगलादेशविरुद्धको पहिलो एकदिवसीय खेलसँगै अर्का तीव्र गतिका बलर लासिथ मालिंगाले समेत संन्यासको घोषणा गरेका थिए। श्रीलंकाले प्रस्तुत गरेको २ सय ९५ रनको लक्ष्य पछ्याएको बंगलादेश ३६ ओभरमा १ सय ७२ रनमा समेटिएको थियो। बंगलादेशका सौम्य सरकारले सर्वाधिक ६९ रन जोड््दा तैजुल इस्लामले अविजित ३९ रन जोडे। ओपनर अनामुल हकको नाममा १४ रन रह्यो। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। सौम्यले ८६ बलमा ५ चौका र १ छक्का प्रहार गरे। तैजुलले २८ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

बंगलादेशलाई सस्तोमा समेट्ने क्रममा श्रीलंकाका धसुन सनकाले ३ तथा कासोन रजिथा र लाहेरु कुमाराले समान २ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९४ रनको लक्ष्य तयार पारेको थियो। श्रीलंकाले १३ रन जोड्दा ओपनर अलिस्का फर्नान्डोलाई पहिलो विकेटका रूपमा गुमाएको थियो। दोस्रो विकेटका लागि अर्का ओपनर तथा कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले ८३ रनको साझेदारी गर्दै अघि बढाएका थिए। करुणारत्नेले ६० बलमा ६ चौकाको मद्दतमा ४६ रन जोड्दा परेराले ५१ बलमा ५ चौकाको मद्दतमा ४२ रनको योगदान गरे। चौथो विकेटका लागि कुशल मेन्डिस र एन्जेलो म्याथ्युजले ९९ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकासेका थिए। मेन्डिसले ५८ बल खेल्दै ५ चौका १ छक्काको मद्दतमा ५४ रनको योगदान गर्दा ९० बलको सामना गरेका म्याथ्युजले ८ चौका र १ छक्काको मद्दतमा ८७ रनको योगदान गरे।

 

 

प्रकाशित: १७ श्रावण २०७६ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App