१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल खोटाङमा

जिविस हलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल । तस्बिर: दमन

खोटाङ–भौतिक विकासकोे अवस्था अनुगमन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल खोटाङ आइपुगेका छन्। मध्यपहाडी लोकमार्ग, जिल्लाको विकास तथा सेवा प्रवाहलगायतको अवस्था निरीक्षणका क्रममा प्रधानमन्त्री दाहाल सदरमुकाम दिक्तेलमा आइपुगेका हुन्।

हेलीकोप्टरबाट दिक्तेल आइपुगेका प्रधानमन्त्री दाहालले जिविस हलमा जिल्लाका सांसद, जिल्लास्थित राजनैतिक दलका नेता, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि लगायतबीचमा जिल्लाको विकास निर्माण, सम्भावना, चुनौती, समाधान र समसामयीक बिषयमा छलफल गरेका छन्। छलफलमा स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले खोटाङको समग्र बस्तुस्थितिका बिषयमा ‘ब्रिफिङ’ गरेका छन्।

कार्यक्रममा जिल्लाबासीले प्रधानमन्त्री समक्ष जिल्लाको समस्यका बिषयमा छुट्टाछुट्टै मागहरु लिखितरुपमा राख्ने प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । क्रममार्फत प्रधानमन्त्री दाहालले सरकारी कार्यालय प्रमुखलाई सेवा प्रबाहका बिषयमा निर्देशन दिने छन् । सर्वपक्षीय छलफलपछि प्रधानमन्त्री दाहालले माओबादी केन्द्रका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्र खोटाङकी सचिव दुर्गाजयन्ती राईले बताइन्।

खानासँगै प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा अंगसँग पनि छुट्टै बस्ने कार्यक्रम छ। पूर्वाधारको अवस्थाका बिषयमा अवलोकन गर्दै प्रधानमन्त्री दाहाल दिक्तेलबाट संखुवासभासम्म पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

 

प्रकाशित: २३ कार्तिक २०७३ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App