१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ठगी आरोपमा विद्यालयसञ्चालक पक्राउ

चितवन – ठगी गरेको आरोपमा चितवन प्रहरीले खैरहनी नगरपालिका–८ स्थित ज्ञान सुधा इंग्लिस स्कुलका सञ्चालक राजकुमार दाहाललाई पक्राउ गरेको छ।  रत्ननगर नगरपालिका–३ का ४० वर्षीय दाहालले विद्यालयको सेयर सदस्य बनाउँछु भनी दुईजनालाई ठगेको प्रहरीले जनाएको छ। 

सो क्रममा उनले खैरहनी–८ की समिता केसीसँग एक करोड १३ लाख ९५ हजार रुपैयाँ र सोही ठाउँका रत्नदीप अधिकारीसँग ७ लाख रुपैयाँ गरी एक करोड २० लाख ९५ हजार रुपैयाँ लिएको पीडितबाट जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइराले जानकारी दिए।  उनलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।  चितवन जिल्ला अदालतबाट म्याद थप गरी ठगी मुद्दामा दाहालमाथि थप अनुसन्धान भइरहेको कोइरालाले बताए।

प्रकाशित: १७ श्रावण २०७६ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App