१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

काठमाडौंमा सन्नी लियोनी

काठमाडाैं-बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल भम्रणको लागि राजधानी आएकी छिन् । मंगलबार हायात रिजेन्सीमा जिंक भोड्काले आयोजना गर्ने जिंक पार्टीमा सहभागि हुन उनी सोमबार नेपाल आइपुगेकी हुन्। ‘नेपाल भ्रमणमा आउन पाउँदा उत्साहित छु। सबैलाई जिंक पाटीमा स्वागत छ,’नेपाल भम्रणबारे उनले ट्वीट गरेकी थिइन्। यो उनको तेस्रो नेपाल भ्रमण हो। यसपटक उनी श्रीमान डेनियल वेबरको साथ राजधानी आएकी हुन् ।
दुईवर्षअघि व्यापारिक घरानाको निम्तोमा उनी दुई दिनको लागि नेपाल भ्रमणमा आएकी थिइन् । त्यसताका उनले स्वयम्भुको भ्रमण गरेकी थिइन् । श्रीमान डेनियल वेबरका साथमा नेपाल आएकी उनले नेपालको तारिफ गर्दै इन्टाग्राममा फोटो हालेकी छिन् । जिंक भोड्काले आयोजना गर्ने कार्यक्रममा अभिनेत्री सन्नीले डान्स प्रस्तुत गर्दैछिन्। ‘जिस्म–२’ बाट हिन्दी फिल्ममा डेब्यु गरेकी उनले ‘रागिनी एमएमएस २’, ‘सुट वाउट एट वाड्ला’, ‘हेट स्टोरी –२’ लगायतमा अभिनय गरेकी छिन् ।

प्रकाशित: १४ असार २०७३ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App