‘अलोकप्रिय सरकारको एम्बुसमा योगेश भट्टराईको इन्ट्री’

बिहिबार, १६ साउन २०७६, १५ : ४७ नागरिक

काठमाडौं– नवनियुक्त सँस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको बधाईले सामाजिक सञ्जाल रंगिएको छ। हिजो मात्रै मन्त्रीको सपथ लिएका भट्टराईलाई पार्टी नेता, कार्यकर्ता मात्र नभई विपक्ष दलकै नेता, कार्यकर्ताले पनि बधाइ दिइरहेको छन्।

पहिलो पटक सिंहदबारको यात्रा गरेका मन्त्री भट्टराईलाई बधाई दिने क्रममा धेरैले पर्यटनमन्त्रालयमा चुनौती रहेको बताइरहेका छन्। त्यसमध्येकी एक हुन् सत्तारुढ दल नेकपाकी नेतृ तथा केन्द्रीय सदस्य रामकुमारी झाक्री । झाक्रीले फेसबुकमा लेखेकी छिन् ‘आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो। जसको कारण योगेश दाईलाई मन्त्री बनाईयो ।’ 

झाक्रीले सरकारको अलोकप्रिय भुङग्रोमा भट्टराई परेको दाबी गरेकी छिन्। ‘सरकार अलोकप्रियताको भूंग्रोमा छ। दाई त्यही भूंग्रोमा पर्नु भयो ऐले।’ झाक्रीले विगतमा आमाको कुरा झम्झिदै भनेकी छिन् ‘मेरो आमा भन्नु हुन्थ्यो जुन भूंग्रोमा परे पनि निस्कनुपर्छ। हो योगेश भट्टराई भूंग्रोबाट निस्कनुपर्छ हार्दिक बधाई अनि शुभकामना।’

नेकपाकै अर्का केन्द्रीय सदस्य सुर्य थापाले भट्टराई आफ्नै कारणले मन्त्री बन्न ढिलाई भएको दाबी गरेका छन्। ‘भट्टराई यो जिम्मेवारी चार महिनाअघि नै पाउने थिए। त्यतिबेला भएको भए नीति, कार्यक्रम र बजेट निर्माणमा भूमिका हुन्थ्यो र अहिले काम गर्न धेरै सहज हुन्थ्यो।’

‘आज यथार्थको धरातलमा उभिएर मन्त्री हुनुभएको छ। गन्तव्य एक थान मन्त्री हुनु मात्र किमार्थ होइन्’ थापाले लेखेका छन् ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने साविक नेकपा (एमाले) धाराको तपाईं ११ औं व्यक्ति हो। यो मन्त्रालय सम्हालेर र सम्हालिएर अघि बढेका नेताहरुको राम्रैसँग उन्नति र प्रगति भएको छ।’ 

‘आफ्नो विवेक र संस्थागत निर्णयका साथ कार्य गरेर अघि बढ्नचाहि धेरै जरूरी छ। खासमा मन्त्री र सेलिब्रेटी दुबै एकसाथ हुन सम्भव नहोला। किनभने, अब वास्तविक परीक्षा शुरू भएको छ। योग्यता, क्षमता र कार्यसम्पादनको समस्या र कमी छैन र होइन। प्रतिकूलताको सामना गर्न आवश्यक आँटको कमी पनि छैन, तर परिणाम निकाल्ने सुझबुझ र सामर्थ्यचाहि व्यवहारमा नै देखिनु अपरिहार्य छ। त्यहाँ अनेकन् एम्बुसहरू थापिएको स्पष्टै छ, माफिया र स्वार्थ समूहका घेराबन्दीलाई छिचोलेर उदाहरणीय बन्न सफल कार्यकालको शुभकामना’ थापाले भने।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad