१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खाजा खर्च बचाएर साथीको उपचारमा सहयोग

विद्यालयमा संकलन गरिएको रकम हस्तानतरण गर्दै प्रअ ध्रुवकुमार मल्ल । तस्बिरः नागरिक

दुलेगौँडा(तनहुँ)– दुलेगौँडाको पञ्चमुनिदेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च बचाएर अस्पतालमा उपचाररत साथीलाई सहयोग गरेका छन्। कक्षा ११ मा पढ्ने १५ वर्षिय अनिशा थापालाई विद्यार्थी, शिक्षक र कर्मचारीबाट संकलन गरिएको ६७ हजार ४ सय ३३ रुपैयाँ सहयोग गरिएको हो।

विद्यालयका प्रधानध्यापक ध्रुवकुमार मल्लले उनकी दिदी आशा थापालाई उक्त रकम हस्तान्तरण गरे। गत शनिबार म्याग्दे गाउँपालिाका–५ थाङदीस्थित कान्छीबाराही मन्दिरमा रहेको झरना हेर्न जाँदा माथिबाट ढुंगा खसेर गम्भीर घाईते भएकी अनिशाको हाल धुलिखेल अस्पतालमा उपचार भईरहेको छ। गण्डकी मेडिकल कलेज पोखरामा उपचार हुन नसकेपछि धुलिखेल रिफर गरिएको हो।

ढुंगाले लागेर उनको मेरुदण्ड भाँचिनुका साथै दाहिने हात खुट्टामा गम्भीर चोट लागेको उपचारमा संग्लन चिकित्सक बताउँछन्। थापाको घरको आर्थिक अवस्था कमजोर भएकाले उनको जिवनरक्षाका लागी सहयोग रकम संकलन गरिएको विद्यायलका सुचना अधिकारी लक्ष्मण पुरीले जानकारी दिए। ‘हामीले गरेको सहयोगले उपचारमा थोरै भएपनि राहत हुन्छ’, उनले भने।

यस्तै, नेपाल मगर संघ शुक्लागण्डकी नगर समितिले पनि अनिशाको उपचारार्थ ५० हजार रुपैयाँ सहयोग गरेको छ। झरना हेर्न गएका अन्य दुईजनासमेत माथिबाट खसेको ढुंगा लागेर घाईते भएका थिए। घाईते भएका विनिता गुरुङ र एलिसा मल्ल ठकुरीको पोखरास्थित फेवासिटी हस्पिटलमा उपचार भईरहेको छ।

प्रकाशित: १६ श्रावण २०७६ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App