१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

समृद्धि लक्ष्य पछ्याउँदै सूर्याेदयको बजेट

फिक्कल (इलाम)– पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले दिगो र सन्तुलित विकासदेखि समृद्ध सूर्याेदयको लक्ष्यसहित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। दर्जनौं क्षेत्रमा नयाँ अवधारणा र कार्यक्रम ल्याएर चर्चामा रहेको नगरले चालू आर्थिक वर्ष २०७६/०७७ का लागि ९६ करोड ५७ लाख १२ हजार रुपैयाँ बराबरको कार्यक्रम र बजेट ल्याएको हो।

पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य झलनाथ खनालले नगरको बजेट तथा कार्यक्रम सार्वजनिक गरे। फिक्कलमा आयोजित समारोहमा खनालले सूर्याेदय नगरपालिकाले देशमै नमुना काम गरिरहेको भन्दै चालू वर्षको बजेट तथा कार्यक्रमले सूर्याेदयलाई समृद्ध बनाउन सघाउने पनि बताए। ‘सूर्याेदय नगरपालिकाले ल्याएको विकास अवधारणाले देशभरका स्थानीय तहलाई मार्गदर्शन गर्नसक्छ,’ बजेट तथा कार्यक्रम समेटिएको ‘सूर्योदय राजपत्र’ सार्वजनिक गर्दै खनालले भने, ‘लामो समयपछि स्थानीय तहले जनप्रतिनिधि पाएका छन्, स्थानीय तहका जनप्रतिनिधिले यसरी काम गर्न सक्छन् भन्ने उदाहरण सूर्याेदय नगरले देखाउँदैछ।’

नगरले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सडक, सञ्चारलगायत सबै क्षेत्रमा अग्रगति हासिल गरिरहेको उनले बताए। ‘सूर्याेदयको डेढ वर्षको कामले देशलाई नै नयाँ राजनीतिक व्यवस्थाको नयाँ उचाईमा पु-याउन इँटा थप्ने काम गरेको छ,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘सूर्याेदय नगर गतवर्ष देशभरमै सबैभन्दा कम बेरुजु भएको स्थानीय तह घोषित भएकाले पनि हामी सबैलाई आशा जगाएको छ।’

नगरले चालू वर्षका लागि सूर्याेदयको अंग्रेजी शब्द ‘एसयुआरवाइओडिएवाइए’को पूरा रूपलाई आफ्नो मुख्य लक्ष्य बनाएर अर्काे नयाँ अवधारणा ल्याएको छ। दिगो र सन्तुलित विकासको लक्ष्य निर्धारण, राजनीतिक दल, स्थानीय र कर्मचारीको एकीकृत समन्वयात्मक प्रयास, औचित्यमा आधारित अनुसन्धानमूलक कार्यक्रम, युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति सूर्याेदयको लक्ष्यमा समेटिएका छन्। त्यस्तै, सीमान्तकृत र लोपोन्मुखको समावेशी सहभागिता, प्रांगारिक कृषि, पर्यापर्यटन र आर्थिक समानता प्रवद्र्धन, समग्र पूर्वाधार प्रविधिमा नवीनताको विकास, उत्तरदायी, तटस्थ र सक्षम प्रशासन, युवालक्षित खेलकुद र उद्यमशीलता तथा विकास र समृद्धिको पहिचान दिने नगरपालिकाका रूपमा सूर्याेदयलाई परिचित गराउने लक्ष्य नगरले राखेको छ।

नगरले करको दरभन्दा दायरा बढाएको र सामान्य परिवर्तन गरेको, आन्तरिक स्रोतबाट प्राप्त हुने रकम नगरबासीकै हितमा खर्च गर्नेगरी कार्यक्रम तय गरेको मेयर रणबहादुर राईले बताए। ‘फुसको छानो हटाएर टिनको लगाउने र प्रत्येक वडामा बाह्रमासे सडक पु-याउनेजस्ता मह-वपूर्ण दर्जनौं कामलाई निरन्तरता दिइएको छ। लक्षित वर्गको सीप र आयमूलक कार्यक्रममा बजेट विनियोजन गरिएको छ,’ मेयर राईले भने, ‘सुदृढ भौतिक पूर्वाधार, समृद्ध नगरको आधार भन्ने लक्ष्यअनुसार नगरले कार्यक्रम अघि बढाइएको छ।’

सूर्याेदय नगरमा १ नम्बर प्रदेश सरकारको साझेदारीमा १३ करोड रुपैयाँ लगानीमा टी टेस्टिङ हाउस स्थापना गरिँदैछ। ‘चियाको राजधानी सूर्याेदयलाई दूधको नगरसमेत बनाउने लक्ष्यले काम गर्न चालू वर्ष कृषि क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेका छौं,’ उनले भने, ‘नगरका १४ वटै वडाबाट काम सुरु भएको छ, १२ वटा वडा भवन निर्माण भइसकेका छन्। कर्मचारीको पदपूर्ति पनि भइसक्नै लागेकाले अब नगरको कुनै काममा बाधा–अवरोध छैन।’

सूर्याेदय नगरमा ५ दर्जनभन्दा बढी ठूला–साना चिया प्रशोधन उद्योग छन्। नगरमा दैनिक ५५ हजार लिटरसम्म दूध उत्पादन हुनेगरेको छ। पर्यटकीय हिसाबले देशमै चर्चित अन्तुडाँडा, कन्याम, भारतीय सीमा क्षेत्र पशुपतिनगरलगायत पनि सूर्याेदय नगरभित्रै पर्छन्। पर्यटनमा उच्च सम्भावना बोकेको सूर्याेदय नगरमा उत्पादित अर्गानिक तरकारी झापासहित तराईका बजारहरू, भारतको दार्जिलिङ, मिरिक र सिलिगुडीसम्म पुग्छ। यहाँको अर्गानिक अर्थाेडक्स तयारी चिया युरोप, अमेरिकालगायतका बजारमा पुग्दैछ। लामो दूरीको मेची राजमार्गले बीचमा चिरेर गएकाले पनि तराईबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङ आउ–जाउ गर्ने बाटो सूर्याेदयमै पर्छ। नगरमा बर्सेनि हजारौं पर्यटक आउने गरेका छन्।

नागरिकलाई सम्मान
नगरको पर्यटन प्रवद्र्धन र समृद्धियात्रामा प्रचारप्रसारका माध्यमबाट सहयोग पु-याएवापत् सूर्याेदय नगरले नागरिक दैनिकलाई सम्मान गरेको छ। नगरमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकका इलामस्थित संवाददाता भीम चापागाईलाई सम्मानपत्र प्रदान गरे।

नगरले सूर्याेदय नगरमा जम्मिएर राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका व्यक्तिसहित नगरको विभिन्न क्षेत्रमा उत्कृष्ट ४० भन्दा बढी संस्था र व्यक्तिलाई सम्मान गरेको छ। सम्मानित हुनेमा अग्रज पत्रकार दुर्गानाथ शर्मा, नेपाली सेनाका पूर्वजनरल डम्बरसिंह गुरुङ, गीतकार बुद्धवीर लामा, संगीतकार सूर्य थुलुङ, शिक्षाप्रेमी नरहरि अधिकारी, अर्गानिक चिया अभियन्ता तथा उद्यमी उदय चापागाईं, नगरलाई बेरुजु शून्यको नजिक पु-याउन सफल प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल, लेखाका कर्मचारी प्रदीप चापागाईं, मनोज योङहाङलगायत छन्। नगरले शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, सहकारी, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति र संस्थालाई सम्मान गरेको छ।


सूर्याेदय नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरणका अवसरमा शिक्षाप्रेमी नरहरि शर्मा अधिकारीलाई सम्मान गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल। तस्बिरः भीम÷नागरिक

प्रकाशित: १६ श्रावण २०७६ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App