१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकाको अविस्मरणीय जित

पर्थ(एएफपी)– उदीयमान बलर कागिसो रावाडाले पाँच विकेट लिएपछि दक्षिण अफ्रिकाले अस्टे«लियाविरुद्धको पहिलो टेस्टमा अविस्मरणीय जित पाएको छ।

सोमबारको जितसँगै दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लेसिस करिअरमा एउटा महŒवपूर्ण सफलता हासिल गर्न सफल भए । घरेलु टोलीले खेल जित्न५ सय ३९ रनको लक्ष्य पाएको थियो । तर अन्तिम दिन अस्ट्रेलिया ३ सय ६१ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाले१ सय ७७ रनले पहिलो टेस्ट जितेको हो। यो सफलतापछि दक्षिण अफ्रिकाले पर्थ क्रिकेट मैदानमा खेलेका चार टेस्टमा लगातार जित पाउँदै कीर्तिमानलाई निरन्तरता दिएको छ । अस्टे«लियापहिलो इनिङमै कमजोर प्रदर्शन (२ सय ४४ रन) गरेर घरेलु मैदानमा धर्मराइसकेको थियो ।

टेस्ट क्रिकेटमा डेब्यु गरेका अफ्रिकन स्पिनर केशव महाराजले ११ औं नम्बरका खेलाडी नाथन लियोन (८) एलबिडब्लु आउट गरेपछि दक्षिण अफ्रिकाले जित पाएको थियो ।

निर्णयको बारेमा अपिल गरेपनि त्यो अस्टे«लियाको पक्षमा हुन सकेन । अविजित रहेका अस्टे«लियन पिटर नेभिलले ६० रन जोडे।

यो अस्टे«लियन टोलीको टेस्ट क्रिकेटमा लगातार चौथो हार हो । जुलाई–अगस्टमा श्रीलंका विरुद्धको सबै तीन टेस्ट जितेपछि अस्टे«लियाले लगातार हार सामना गरिरहेको छ ।  पहिलो पटक सन् १९८८ पछि अस्टे«लियाले घरेलु मैदानमा पहिलो टेस्ट गुमाएको छ ।

‘आजको दिन एउटा विशेष दिनमध्ये एक हो । हामीले ठूलो सफलता हासिल गरेका छौं,’ कप्तान फाफ डुले भने, ‘बलरले पुरा टेस्टभर राम्रो प्रदर्शन गरे । यदि बलरले आक्रमणजारी राखेको खण्डमा हामीले खेल जित्न असम्भव हुने थिएन । यो सफलताको श्रेय राबाडा र केशवलाई जान्छ । उनीहरूले साँच्चिकै उत्कृष्ट खेल देखाए । उनीहरूको उच्च प्रदर्शनका कारण मैले करिअरमा उत्कृष्ट टेस्ट जित पाउन सफल भएँ ।’

अस्टे«लियाका कप्तान स्टेभन स्मिथले सुरुआतमै टोलीले दबाब रोक्न असफल हुँदा पराजित हुनुपरेको बताए । ‘मेरो विचारमा खेलको सबै भन्दा निराशाजनक पक्ष हामीले खेलनियन्त्रणमा राख्न सकेनौं,’कप्तान स्मिथले भने, ‘सुरुआतमै आफ्नो प्रभाव गुमाउँदा हामीले अर्को ठूलो क्षति बेहोर्नुप¥यो । आफ्नो महŒवपूर्ण स्थानबाट खेल्न सकेनौं । खेलको सबै पक्ष हेर्दा हामीले सुधार गर्नु जरुरी छ ।’

म्यान अफ दी म्याच राबाडाले ९२ रन खर्चेर ५ विकेट लिएपछि अस्टे«लिया खेलमा प्रभावविहीन बन्न पुगेको थियो । चर्चित बलर डेल स्टेयन पाखुराको चोटका कारण पहिलो टेस्टबाट बाहिरिएका थिए । स्टेयनले पछिल्लो ६ महिना चोटमुक्त हुन संघर्ष गरिरहेका छन् । तर उनको स्थानमा बलिङ गरेका राबाडाले दक्षिण अफ्रिकाको बलिङनेतृत्व गर्दै सफलता दिलाउन योगदान गरे । चौथो दिन २१ वर्षे बलर राबाडाले चार विकेट लिए । सोमबार उनले करिअरको नवौं टेस्टमा चौथोपटक ५ विकेट लिएको कीर्तिमान बनाए । दक्षिण अफ्रिकाको क्रिकेटमा उमेर समूहका खेलाडीले बनाएको यो महत्वपूर्ण उपलब्धि पनि हो।

 

 

               

 

प्रकाशित: २३ कार्तिक २०७३ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App