साहित्यकार गोरखबहादुर सिंह स्मृति ग्रन्थ विमोचन

बुधबार, १५ साउन २०७६, १७ : २९ नागरिक

काठमाडौं-राजनीतिज्ञ एवं साहित्यकारहरुले स्वर्गीय साहित्यकार गोरखबहादुर सिंहको व्यक्तित्व र साहित्यिक जीवनको चर्चा गरेका छन्। साहित्यकार गोरखबहादुर सिंह स्मृति ग्रन्थको विमोचन कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता बामदेव गौतम, नेकपा मसालका महामन्त्री मोनहविक्रम सिंह, पूर्वगृहमन्त्री जनार्दन शर्मा, नेकपाका नेता मणि थापा, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार गोविन्द पौडेललगायतले साहित्यकार सिंहले निजामति सेवा र साहित्यिक क्षेत्रमा पुर्राएको योगदानको चर्चा गरेका थिए।

सिंहका ११ कथासहित १७ साहित्यिक कृति प्रकाशित छन्। जीवनी, व्यक्तित्व र कृतित्वबारे शोध पनि भएका छन्। ग्रन्थ गोरखबहादुर सिंह स्मृति ग्रन्थ प्रकाशन समितिका तर्फबाट पुस्तकको प्राध्यापक केशव सुवेदी,रमेश सुवेदी र डा लेखराज खतिवडाले गरेका छन्। पुस्तकमा परिचय,संस्मरण, समालोचना र पत्रपत्रिका गरी चार खण्ड छन्। पत्नी शारदा सिंह, छोरा अमित सिंह र बुहारी सुरीति अर्याल सिंहलगायत परिवारका सदस्य र साहित्यकार गोरखबहादुर सिंहलाई नजिकबाट बुझ्नेहरुका संस्मरण छन्। पुस्तकमा गोरखबहादुर सिंहका साहित्यकि कृतिमाथि समालोचना पनि समेटिएको छ। सिंहको २०६९ साउन २३ मा असामायिक निधन भएको थियो। उनले निजामति सेवामा लामो समय बसेर नेपाल सरकारको काम गरेका थिए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad