१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेशी दलका माग सम्बोधन गरिनुपर्छः शशांक

धनगढी–  नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मधेशीदलहरुसँग संवाद गरेर संविधान शंसोधनमार्फत समस्याको समाधान खोज्नु पर्ने बताएका छन्।

नेपाली काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको उल्लेख गर्दै संविधान कार्यान्वयनको जिम्मेवारी पनि काँग्रेसको काँधमाआएको उनको भनाइ छ।

सोमबार धनगढीमा ४ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन समारोहमा महामन्त्री कोइरालाले संविधान विश्वकै उत्कृष्ट भएको र असहमत पक्षको कुरा समेट्न परिमार्जन गर्नुपर्ने बताए। मधेसी दलले उठाएका मागहरु पनि सुन्नुपर्ने उनको भनाई छ। मेरै गोरुको बारै टक्का भनेर समस्या समाधान नहुने उनले उल्लेख गरे।

‘मधेशी दलसँग संवाद गरेर असहमतीका कुरा सुनेर समाधान खोजिनु पर्छ,’ उनले भने। ९० प्रतिशत हस्ताक्षरबाट संबिधानबनको र आफु पनि हस्ताक्षरकर्ता भएको उल्लेख गर्दै सबै शक्तिलाई सहमत गराएर संबिधानकार्यान्वयन गराउन परिमार्जन आवश्यक भएको उनको भनाइ छ। विपी कोइरालाले २००८ सालमै जनताद्वारा निर्मित संविधानको कल्पना गरेको उल्लेख गर्दै संविधान सभाबाट बनेको संबिधानकार्यान्वयनको नेतृत्वकाग्रेसले लिनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २२ कार्तिक २०७३ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App