नेइमारलाई लगाइएकाे बलात्कार मुद्दा स्थगित

मङ्गलबार, १४ साउन २०७६, १५ : ४२ नागरिक

ब्राजिल- ब्रजिलका चर्चित फुटबल खेलाडी नेइमारमाथि लागेको बलात्कार अभियोगको अनुसन्धान गरिरहेका प्रहरीहरूले उक्त मुद्दा बन्द भएको बताएका छन्।

साओ पाउलोको महान्यायाधिवक्ताको कार्यालयले प्रमाणको अभावमा उक्त मुद्दा निलम्बन गरिएको तर अन्तिम निर्णयको लागि त्यो अभियोजनकर्ताकहाँ पठाइने जनाएको छ।

ब्रजिलकी एक मोडल नाजिला त्रिन्दाजीले नेमारले गत मे महिनामा फ्रान्सको प्यारिसस्थित एउटा होटलमा आफूमाथि हातपात गरेको बताएपछि उक्त अनुसन्धान सुरु गरिएको थियो।

नेइमारले ती महिलाले लगाएका आरोपहरूको खण्डन गर्दै आफूबाट पैसा असुल्न खोजिएको दाबी गरेका थिए।

घटना के हो ?
नेइमारका एक प्रवक्ताले समाचारसंस्था एएफपीसँग कुरा गर्दै मुद्दा फिर्ता गर्ने निर्णयबारे प्रतिक्रिया जनाउन नसक्ने बताए। ब्रजिललाई तताएको उक्त मुद्दाले त्यहाँका पत्रपत्रिकामा मुख्य स्थान पाएका थियो।

सबैभन्दा पहिले यो प्रकरण जुन महिनामा प्रकाशमा आएको थियो। नेमारले आफूमाथि बलात्कारको आरोप लागेकोबारे इन्स्टाग्राममा एउटा सात मिनेट लामो भिडियाे सार्वजनिक गरेपछि सो विषयले चर्चा पाएको थियो।

नेइमारले ती महिलाले आफूलाई पठाएका ह्वाट्सएप सन्देशहरू र तस्बिरहरू पनि प्रकाशित गरेका थिए। उक्त भिडियाेमा उनले "खासमा केही पनि नभएको प्रमाणित गर्न" ती विवरणहरू सार्वजनिक गर्नुपरेको बताएका थिए।

अब के हुन्छ ?
त्रिन्दाजी भने त्यसपछि एक टेलिभिजन अन्तर्वार्तामार्फत् सार्वजनिक रूपमा बोलिन्। आफूहरू दुईबीच भएको चर्चाचर्की देखिएको दाबी गरिएको फुटेज र भिडियाे क्लिप सार्वजनिक गरिन्।

प्रहरीले पछि त्रिन्दाजीविरुद्ध मानहानिको अभियोग लगायो। त्यसबाट उनले लगाएका आरोप दुराशयबाट प्रेरित भएको सङ्केत गरेको एएफपीको भनाइ छ। थुप्रै वकिलहरूले ती मोडेलको तर्फबाट काम गर्न छाडेका थिए। न्यायाधीशले अन्तिम निर्णय दिनुअघि उक्त मुद्दाको समीक्षा गर्न अभियोजनकर्ताहरूसँग १५ दिनको समय छ। बीबीसी








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad