१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एक वर्षभित्र निर्वाचन हुन नसके मुलुक खतरामा: मन्त्री लेखक

बिरा गडाल

बैतडी–भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ०७४ माघ ७ गते भित्र तीनवटै निकायका निर्वाचन हुन नसके देश खतरामा पर्ने बताएका छन्। स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन समयभित्र हुन नसके संविधानमै जटिलता आउन सक्न भन्दै निर्वाचनकालागि सरकारले पहल थालेको जानकारी दिए।

राजनैतिक भेटघाटका लागि बैतडी पुगेका मन्त्री लेखकले नेपाल प्रेस युनियन बैतडी शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा संविधान गतिशील दस्तावेज भएकाले समय र परिस्थिति अनुसार संशोधन गरिने बताएका हुन्।

सरकारको महत्वकाँक्षी योजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्ग र सोसँग जोडिएका दशवटा नमुना शहरको विकास गर्न सके देशको आर्थिक उन्नती भइ पर्यटन व्यवसायमा वृद्धि हुने जानकारी दिए।

पत्रकार भेटघाटमा मन्त्री लेखकले जनस्रोतमा धनी रहेको ७ नम्बर प्रदेशमा पश्चिम सेती र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको समयमै निर्माण गर्नसके मुलुककै धनी ७ नम्बर प्रदेश हुने उनको भनाइ थियो। मन्त्री  लेखकले उत्तर दक्षिणी सडक सञ्जाल जोडेर समग्र प्रदेशको आर्थिक उन्नती हुन सक्ने भन्दै चीन र भारतसँग व्यापार र धार्मिक पर्यटनको प्रचुर संभावना रहेको बताए।

 

प्रकाशित: २२ कार्तिक २०७३ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App