१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बुद्ध मूर्ति तोडफोड गर्नेलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं- बुद्धका मूर्ति तोडफोड गर्नेमाथी कारबाहीको माग गर्दै धर्मोदय सभाले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार पुल्चोकस्थित मन्त्रीक्वाटरमै पुगेर सभाले मूर्तितोडफोड गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएको हो। सभाका अध्यक्ष यज्ञमानपति बज्राचार्यको नेतृत्वमा गएको टोलीले धार्मिल सद्भावमा खलल पुर्‍याउने योजना सहित मूर्ति तोडफोड गरिएको भन्दै गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए।

२०७६ साउन १ गते राती रुपन्देहीको शंकरनगरमा अज्ञात समूहले ५ वटा वुद्धका मूर्ति तोडफोड गरेको थियो। तर घटनाको २ साता वित्नलागदापनि प्रहरीले तोडफोड गर्नेको पहिचान गर्नसकेको छैन।

सभाको ज्ञापनपत्र बुझ्ने गृहमन्त्री थापाले मूर्तितोडफोड गर्नेलाई छिटो कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको सभाका महासचिव सागरमान बज्राचार्यले जानकारी दिए। ‘सनातन धर्मसंस्कृति र बौद्धमार्गी आस्थामाथी आघात पुग्नेगरी  मूर्तितोडभएको भन्दै हामलिे संलग्नमाथी कारबाहीको माग गरेका छौं,’ बज्रचार्यले भने, ‘जवाफमा गृहमन्त्रीज्यूले मूर्तितोडफोड जस्तो गम्भीर अपराधमा संलग्नलाई जसरीपनि कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए।

प्रकाशित: १४ श्रावण २०७६ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App