१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपनिर्वाचन कात्तिक अन्तिम वा मंसिर पहिलो साता

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर पहिलो साताभित्र संघ, प्रदेश र स्थानीय तहमा रिक्त पदहरुको उपनिर्वाचनका लागि तयारी थालेको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचित पद विभिन्न कारणले रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि कार्यविधि निर्माणलगायतका तयारी अघि बढाइएको जानकारी दिए। उनका अनुसार कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी आयोगले तयारी अघि बढाइरहेको छ। ‘कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता उपनिर्वाचन गर्नेगर िहामीले आन्तरिक तयारी अघि बढाइरहेका छौं,’ थपलियाले नागरिकसँग भने, ‘अब हामीले छिट्टै प्रधानमन्त्रीलाई भेटेर उपनिर्वाचनको विषयमा परामर्श गर्छाैं।’ उनका अनुसार आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर उपनिर्वाचनको मितिसमेत प्रस्ताव गर्नेछन्। सरकारले निर्वाचन घोषणा गरेपछि औपचारिक रूपमा निर्वाचन कार्यतालिका प्रकाशन गरी अघि बढने उनले जानकारी दिए।

२०७४ सालमा विभिन्न चरणमा भएका स्थानीय तह, प्रतिनिधि सभा, राष्ट्रिसभा सदस्यको निर्वाचनपछि हालसम्म विभिन्न कारणले ४८ निर्वाचित पदहरु रिक्त छन्। जसअनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्र्तगत गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख १, नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्ष ३९ गरि ४८ पद रिक्त छन्।

सरकारले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रममा यसै आर्थिक वर्षमा उपनिर्वाचनको काम सम्पन्न गरिसक्ने समेत उल्लेख गरेको थियो। आयोगले निर्वाचनको मिति घोषणा भैसकेपछि मतदाता नामावली संकलनको काम स्थगित हुने भन्दै १८ वर्ष उमेर पूरा भएका नागरिकलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयलगायतका तोकिएको ठाउँमा गएर मतदाता नामावली दर्ता गराउनसमेत अनुरोध गरेकोछ।

प्रकाशित: १४ श्रावण २०७६ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App