१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

संकट सुल्झाउन पेरूमा चुनावको प्रस्ताव

लिमा – पेरुका राष्ट्रपति मार्टिन भिकाराले मुलुकमा जारी संस्थागत संकट सुल्झाउन आमनिर्वाचन घोषणा गर्न प्रस्ताव गरेका छन्। पेरुमा सन् २०२१ मा चुनाव हुनुपर्ने नियमित कार्यसूची भएपनि राष्ट्रपति मार्टिन भिकाराले सन् २०२० मै चुनाव गर्न प्रस्ताव गरेका छन्।

विपक्षीको बहुमत रहेको संसद्ले भ्रष्टाचार नियन्त्रणमा सख्त कारबाही गर्नेगरी सुधारको कार्यक्रममा आवश्यक सहयोग नगरेपछि राष्ट्रपतिले चुनावको प्रस्ताव गरेको बताइएको छ। राष्ट्रपति भिकाराले संसद्सँग हरेक विषयमा विवाद गर्नु परेको छ। स्थानीय सञ्चारमाध्यमले राष्ट्रपतिले पटकपटक संसद्् विघटन गर्ने चेतावनी दिँदै आएको बताएका छन्। उनले आगामी वर्ष जुनमा चुनाव गर्ने प्रस्ताव गरिरहेको बताइएको छ।

पेरुका जनताले गत डिसेम्बरमा राष्ट्रपतिको सुधार प्रस्तावलाई जनमत संग्रहमार्फत नै पक्षमा मतदान गरिसकेका छन्। राष्ट्रपतिको प्रस्तावमा सरकारभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने विषय रहेको छ। राष्ट्रपतिको प्रस्तावलाई संसद्ले अस्वीकार गर्ने बताइसकेको छ। पेरुको संविधानमा संसद्को कार्यकाल पाँच वर्ष हुनेगरी तोकिएको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App