१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्युबाका राष्ट्रपति भेनेजुएला भ्रमणमा

कराकस – क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेल भेनेजुएलाको भ्रमणका निम्ति आइतबार राजधानी कराकस पुगेका छन्। दक्षिण अमेरिकी प्रगतिशील राजनीतिक दलहरुको साओ पाउलो फोरमको बैठकमा भाग लिन राष्ट्रपति केनेल भेनेजुएला पुगेको बताइएको छ।

भेनेजुएलाको सत्तारुढ पार्टी र संकटको सामना गरिरहेका राष्ट्रपति निकोलस मादुरोलाई विगतदेखि गरिरहेको सहयोगलाई अझ बढी समृद्ध तुल्याउन भ्रमणले सहयोग पुग्ने राष्ट्रपति केनेलले बताएका छन्।

कराकसस्थित माइक्वेटा सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति केनेलले भने, ‘क्युबाले भेनेजुएलालाई विनाशर्त समर्थन र अनुमोदन गरिरहेको छ र यसलाई हामी निरन्तरता दिन चाहन्छौं। हामी भेनेजुएलाका क्रान्तिकारीको पक्षमा छौं।’

राष्ट्रपति केनेलले दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रका वामपन्थी शक्ति एकताबद्ध रहेको देखाउन पनि मञ्चको बैठक महŒवपूर्ण हुने बताए। अफ्रिका, एसिया र युरोपसमेतका विश्वका विभिन्न भागबाट प्रगतिशील राजनीतिक समूहका प्रतिनिधिमण्डलले तीन दिने यस सम्मेलनमा भाग लिँदैछन्। सम्मेलन आउँदो शुक्रबारदेखि सुरु हुँदैछ।

 

प्रकाशित: १४ श्रावण २०७६ ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App