१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हाम्रै नेपालमाः जहाँ बाघ निस्किँदा बाटाे नै जाम हुन्छ

बर्दिया– उही स्थान। उही गन्तव्य । तर,अहिले पहिचान फरक। एक दशक अघिसम्म  बर्दिया राष्ट्रिय निकुन्ज आझेलमा थियो। यतिबेला बर्दिया निकुञ्जको परिचय फेरिएको छ। पाटे बाघकै कारण अन्तराष्ट्रिय जगतमा बर्दिया चिनिएको छ। 

हलिउडका स्टार लियोनार्दो डिक्याप्रियोसँग आएका फोटा ग्राफरले निकुञ्जमा खिचेको फोटो सार्वजनिक भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज बाघको खानी रहेको थाहा भएको हो। स्टारसँग रहेका फोटोग्राफरले समूहमा रहेका बाघको फोटो सार्वजनिक गरेपछि अन्तराष्ट्रिय जगतमा बाघको बैभव भनेर बर्दिया जिल्ला चिनिन थालेको छ। 

सन् २००८ को गणना अनुसार बर्दिया निकुञ्जमा १४ बाघ थिए। सन् २०१३ को गणनामा निकुञ्जमा ३७ वटा बाघ भए। २०१८ मा सार्वजनिक गरेको गणनामा बाघको संख्या ८७ पुगेको छ। अगामी गणनामा बाघको संख्या एक सय पुग्ने निकुञ्ज कर्मचारी अनुमान गर्छन्।

(प्रजनन् गर्न सक्ने) वयश्क बाघको गणना हुने भएकाले निकुञ्जको १ सयको हाराहारीमा बाघ रहेको निकुन्ज कर्मचारीको दाबी छ। बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जलाई सरकारले बिस्तार गरेपछि यँहा बाघको संख्या बढेको छ। बाँके राष्ट्रिय निकुञ्ज बिस्तार भएपछि बाघको बासस्थान बढेको निकुञ्जले जनाएको छ। निर्बाध रुपमा हिड्न बाघको टेरोटोरी बढेपछि बर्दिया र बाँके निकुञ्जमा बाघ संख्या बढेको छ। बाँके निकुञ्जमा बाघ संख्या २१ वटा पुगेको छ। 

पछिल्लो समयमा निकुञ्जभित्र बाघको संख्या बढ्दै गएपछि पूर्वपश्चिम राजमार्गको अम्रेनी र चिसापानी पोष्ट नजिक बाटोमा भाले बाघ आएर बस्ने गरेका छन्। कहिले काहि पूर्वपश्चिम राजमार्गमा पर्ने सडकमा बाघ निस्केर बाटोमा बस्दा केहि बेर ट्राफिक जाम हुने गरेको छ।

२०४२ सालसम्म बाघको संख्या न्यून भएको पूर्ववार्डेन रमेश थापाले बताए। ‘०४२ सालमा बर्दिया निकुञ्जमा जागिरमा रहँदा बाघ संरक्षणमा ठूलो चुनौति थियो’ उनले भने, ‘बाघको पाईला गनेर बाघको संख्या अनुमान लाथ्यो।’ सचेतना, बाघ बासस्थान र आहारा प्रजाति उचित व्यवस्थापन नहुँदा बाघको संख्या न्यून रहेको उनले बताए ।‘ त्यसबेला बाघको संरक्षण चुनौति थियो’ उनले भने ‘आहारा र पानीको व्यवस्थापनसँगै बाघ बढेका छन्।’ चोरी शिकार नियन्त्रणका लागि युवा परिचालनले गर्दा बाघ संरक्षणमा टेवा पुगेको उनको भनाई छ। वयस्क बाघले बासस्थान र बघिनिले बाघबाट डमरु बचाउन हिँडडुल गर्नुपर्ने बाध्यता भएकाले जताततै बाघ देखिने गरेको उनले बताए। बाघ बढे पछि पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन विकास मन्चका अध्यक्ष मोहन थारुले बताए।

‘नेचर गाईडले पहिले बाघ देखाउनका लागि एक सातासम्म रातभर जंगलमा बस्नु पथ्र्यो,’उनले भने,‘तर अहिले त्यसो गरिरहनु पर्देन।’दशकको प्रतिक्षापछि निकुञ्जमा बाघ देख्न सहज भएको उनले सुनाए।‘ अहिले निकुञ्जमा समुहमा बाघ भेटिन थालेका छन्’ उनले थपे ,‘ बाघ हेर्न निकुन्ज आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।’ पुर्वपश्चिम राजमार्गको अम्रेनी, चिसापान र निकुन्जभित्र मचान क्षेत्रमा जंगलको राजा देख्न सकिने उनले बताए।बाघ बढ्नुमा स्थानीय स्तरमा गठन गरिएको चोरी सिकारी नियन्त्रण यूवा दस्ता ,नेपली सेना र निकुञ्ज प्रशासनको सक्रियताले गर्दा सुरक्षा प्रमुख कारण भएको उनले दाबी गरे। ‘बर्दिया निकुञ्ज घुम्न आउने पर्यटकको उदेश्य बाघ देख्ने हुन्छ,’उनले भने, ‘पाहुनाले बाघ देखेको कुरा सुन्न पाउँदा धेरै खुसी लाग्छ।’

बाघ संरक्षणकै लागि विगतदेखि संवेदनशिल क्षेत्रमा नेपाली सेनाको पोष्ट थपेर सुरक्षा रणनितिक निकुञ्ज प्रशासनले अपनाएको संरक्षण अधिकृत अणनाथ बरालले बताए। उनका अनुसार आहार प्रजाती, पानीको व्यवस्थापन र शून्य चोरी शिकारले गर्दा पाटेबाघको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पाटेबाघ भारत, नेपाल, भुटान र बंगलादेशका सिमित क्षेत्रमा पाईन्छ। प्राकृतिक बासस्थानमा सबै भन्दा बढि भारतमा पाटेबाघ पाईन्छ।

भारतमा पाटेबाघको संंख्या २ हजार २ सय २६ रहेको छ। यस्तै, नेपालमा २ सय ३५, बंगलादेश १ सय ६ र भुटानमा १ सय ३ वटा पाटेबाघ छ। 

प्रकाशित: १३ श्रावण २०७६ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App