१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

निर्णायक खेलमा नेपाल असफल

काठमाडौं – आयोजक सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोरेसँगै नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप २०२० खेल्ने ढोका बन्द भएको छ। आइतबार सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा भएको आइसिसी ट्वान्टी–२० विश्वकप एसिया फाइनल क्वालिफायरअन्तर्गतको अन्तिम खेलमा पराजित भएसँगै नेपालको शीर्ष स्थानमा बस्दै अक्टोबरमा युएईमा हुने ग्लोबल क्वालिफायर प्रवेशमा स्थान बनाउन असफल भएको हो।

शीर्ष स्थानको सिंगापुरले पहिलो पटक ग्लोबल क्वालिफायरमा स्थान बनायो।
४ खेलमा २ जित र २ हारको नतिजा ल्याएको नेपालले ४ अंकका साथ तेस्रो स्थानमा चित्त बुझाउँदै प्रतियोगिताको अन्त्य ग¥यो। प्रतियोगिताभर अपराजित रहेको सिंगापुर ७ अंकका साथ विजेता बन्दा ४ अंकका साथ कतार दोस्रो स्थानमा रह्यो। ३ अंक जोडेको कुवेत चौथो र २ अंक जोडेको मलेसिया अन्तिम स्थानमा रहे। नेपालले पहिलो खेलमा कतारलाई नतिजा सुम्एिको थियो। त्यसपछिका दुई खेलमा क्रमशः मलेसिया र कुवेतलाई हराउँदै शीर्षताको होड कायम राखेको थियो।

कतारले प्रस्तुत गरेको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा मात्र १ सय ९ रनमा अलआउट भयो। नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९, दीपेन्द्रसिंह ऐरीले २३, कप्तान पारस खड्काले १२ र सोमपाल कामीले ११ रन जोडे। अन्य कुनै पनि ब्याटस्म्यानले दोरोहो अंकसमेत छुन सकेनन्।

पहिलो विकेटका लागि पारस र ज्ञानेन्द्रले २७ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुआतको संकेत गरेका थिए। सिंगापुरका अम्जद महमुदले चौथो ओभरको पहिलो बलमा पारसलाई पवेलियनको बाटो देखाएका थिए। दोस्रो विकेटका लागि ज्ञानेन्द्र र शरद भेषावकरले २७ रनकै साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए। तर ज्ञानेन्द्र सातौं ओभरको तेस्रो बलमा सेलाडोर विजयकुमारबाट बोल्ड भएसँगै नेपालको विकेटपतन सुरु भएको थियो। नेपालले ५५ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो।

आक्रामक ब्याटिङ गरेका ज्ञानेन्द्रले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस लगत्तै अर्को ओभरमा शरद पनि पवेलियन फर्किएका थिए। शरदले ७ रन मात्र जोडे। शरद पवेलियन फर्किएपछि ब्याटिङका लागि आएका दीपेन्द्रले एक इनिङबाट नेपालको रन गति बढाउने प्रयास गरे पनि उनलाई अन्य कुनै पनि ब्याट्सम्यानले दरिलो साथ नदिँदा नेपाल लज्जास्पद हार व्यहोर्न बाध्य भएको थियो। २२ बल खेलेका दीपेन्द्रले १ चौका र १ छक्का प्रहार गरे।
नेपालको चुनौती सस्तोमा समेट्ने क्रममा सिंगापुरका विययकुमारले ४ तथा विनोथ भास्करणले २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९१ रनको योगफल तयार पारेको थियो। १० रन जोड्दा सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रगोपाललाई करण केसीले ज्ञानेन्द्र मल्लबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। तर दोस्रो विकेटका लागि अर्का ओपनर रोहन रंगराजन र टिम डेविडले ८९ रनको साझेदारी गर्दै सिंगापुरको इनिङ उकासेका थिए। अविनाश बोहोराको बलमा भेषावकरबाट क्याच हुनुअघि रंगराजनले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ४९ रनको योगदान गरे। डेविडले तेस्रो विकेटका लागि मनप्रीत सिंहले ६६ रनको साझेदारी गर्दै सिंगापुरलाई विशाल योगफलतर्फ डोे¥याएका थिए।४३

बल खेलेका डेविडले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रन जोड्दा मनप्रीतले २७ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४२ रन जोडे। नेपालका अविनाश बोहोराले ४ र करण केसीले २ विकेट लिएका थिए। यता ४ ओभर बलिङ गरेका स्पिनर वसन्त रेग्मीले ५४ रन र सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन खर्चिए पनि विकेटविहीन बने। ४ खेलमा २ जित र २ हारको नतिजा ल्याएको नेपालले ४ अंकका साथ तेस्रो स्थानमा चित्त बुझाउँदै प्रतियोगिताको अन्त्य ग¥यो।

प्रकाशित: १३ श्रावण २०७६ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App