१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा एकको मृत्यु पाँच घाइते

चितवन - ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ को पृथ्वी राजमार्गस्थित फिस्लिङमा आइतबार बिहान ट्रक र बस ठोक्किदाँ एक जनाको ज्यान गएको छ।गौरबाट भैंसी लिएर काठमाण्डौं जाँदै गरेको ना ७ ख २५६१ नम्बरको ट्रकको पछाडी काँकडभित्ताबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४८१९ नम्बरको बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बिहान ४ः४५ बजे भएको दुर्घटनामा झापाको मेची २ बस्ने भानु तिमिल्सिनाको मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायण कोईरालाले जानकारी दिए।

मृत्यु हुने व्यक्ति बसको सहचालक भएको उनले बताए। दुर्घटनामा ५ जना घाइते भएका छन्। घाईते सबैको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ। घाइतेहरुमा झापा बाहुनडांडा बस्ने बर्ष २४ का कमल कंडेल, झापाकै बिर्तामोड ६ बस्ने बर्ष ३२ का धन बहादुर चौधरी, सोही ठाउँका वर्ष २८ का सुरेश चौधरी, डोटीको साईल गाउँपालिका वडा नम्बर ४ का बर्ष २५ का मदनराज जोशी, र तनहुंको ब्यास गाउँपालिकाका ८ का बर्षका २५ सुनिल मिश्र रहेका छन्। ट्रक, बस र दुबैका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रकाशित: १२ श्रावण २०७६ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App